Comments Add Comment

स्टार प्लसमा नेपालको लुक्ला र सगरमाथा आधार शिविर

everest-serial
भारतको नम्बर १ टीआरपी भएको टेलिभिजन च्यानल स्टार प्लसमा आजबाट ‘एभरेष्ट’ नामक सिरियल प्रशारण हुँदैछ । यो सिरियलको मुख्य विशेषता भनेको, यसमा नेपालका रमणिय दृश्य खिचिएको छ ।

सगरमाथाको आधार शिविर र लुक्ला खिचिएको यो सिरियलमा एक यूवतीको कथा देखाउन खोजिएको छ । लामो समयदेखि सिरियलको प्रचार स्टार प्लसमा प्रशारण भैरहेको छ । आशुतोष गोवारिकरले निर्माण गरेको यो १ सय भागको सिरियललाई ग्लेन बारेट र अंकुश मोहलाले निर्देशन गरेका हुन् ।

यो सिरियललाई स्टार प्लसले आज सम्मकै सबैभन्दा महंगो भनेको छ । अन्जली नामकी एक पात्र र उनको जीवनमा आइपर्ने विभिन्न उतारचढावमा ‘एभरेष्ट’ घुमेको छ । सिरियलका केही अंशहरु ५ हजार ३ सय ६० मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरमा खिचिएको भारतका चर्चित अनलाइनहरुले जनाएका छन् ।

कतिपय दृश्य भने भारतकै डोक्रियानी ग्लेसियरमा पनि खिचिएका छन् । यसको उचाई ३ हजार ७ सय मिटर रहेको बताइन्छ । सबै कुरा ३ घन्टा लामो सिनेमामा देखाउन नसकेपछि निर्माताले यसलाई सिरियलमा उतारेका हुन् । यो सिरियलमा चर्चित संगीतकार एआर रहमानले संगीत दिएका छन् । भारतबाट सम्पूर्ण प्राविधिक र कलाकार ल्याएर छायांकन गर्दा बजेट निक्कै बढेको हो । सिरियलले उच्च टीआरपी पाउने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment