Comments Add Comment

‘जेन्टलम्यान’मा पूजासँगै नन्दिता, भन्छिन्-‘मसँग किन छैन फिल्म ?’

nandita-and-puja
नायिका नन्दिता केसीलाई आफ्नो हातमा चलचित्र छैन भन्ने कुरा सुन्दा दु:ख लाग्छ । म्यूजिक भिडियोमा मात्र काम गरिरहेकी नन्दिताको हातमा चलचित्र यतिबेला खासै छैन । तर, नन्दितालाई लिएर चलचित्र बनाउने घोषणा गरेका केही निर्माता हराएका छन् । जसका कारण पनि उनी खाली जस्तै देखिएकी हुन् ।

तर, उनै नायिकाले आफ्नो हातमा चलचित्र नै नभएको कुरालाई भने नकारिन् । नन्दिताले आफूले ‘लोग्ने मान्छे’ र ‘कैफियत’को सुटिङ गरिरहेको जानकारी दिदै चाडै नै ‘जेन्टलम्यान’को काम सुरु गर्न लागेको जानकारी दिइन् ।

सुदर्शन थापाले निर्देशन गर्न लागेको यो चलचित्रमा पूजा शर्मा र नन्दिता केसीले मुख्य भूमिका निर्वाहा गर्नेछन् । कुनै समयकी व्यस्त नायिका नन्दिताको चर्चा हिजोआज चलचित्रबाट भने हराएको छ । तर, नन्दिताले आफू चलचित्रको काममा नै व्यस्त रहेको जनाएकी छिन् । नन्दिताले नै नृत्य गरेको चलचित्र ‘जंगबहादुरको कोट’को एक आइटम गीत पनि चर्चामा रहने विश्वास गरिएको छ ।

चलचित्र 'लोग्ने मान्छे'को एक दृश्यमा नन्दिता
चलचित्र ‘लोग्ने मान्छे’को एक दृश्यमा नन्दिता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment