Comments Add Comment

रहेनन् बलिउडका चर्चित कलाकार

sadaseb
बलिउडका चर्चित कलाकार सदाशिव अमरापुरकरको निधन भएको छ । उनको आइतबार राति निधन भएको हो । फोक्सोको समस्याबाट ग्रसित उनको धिरुभाई अम्बानी अस्पतालमा उपचार भैरहेको थियो । उनी विगत केही समयदेखि अस्वस्थ थिए ।

उनले २ पटक फिल्मी फेयर अवार्ड समेत जितेका छन् । उनले अभिनय गरेका चलचित्रको संख्या २५० छ । उनले अभिनय गरेका ‘सडक’, ‘इश्क’, ‘अर्धसत्य’ लगायत चर्चित छन् । विशेषगरि उनी खलपात्र र कमेडीमा जमेका थिए ।

बलिउडका चर्चित कलाकारसँग काम गरेका उनी केही बर्षदेखि बलिउडको पर्दाबाट टाढा थिए । उनलाई बलिउडका चर्चित कलाकारदेखि फिल्म निर्माता-निर्देशकले श्रद्धाञ्जली दिएका छन् । उनको ६४ बर्षको उमेरमा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment