Comments Add Comment

टुल्केमा पनि लुटको अबस्था दोहोरिएला ?

Talakjung-vs-Tulke-Nepali-Film
काठमाडौं । निश्चल बस्नेत निर्देशित पछिल्लो चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ हेर्न दर्शकहरु जाँगरिला हुन थालेका छन् ।
शुक्रवारदेखि काठमाडौको १९ वटा हलमा चलेको टुल्के हेरेका दर्शकले फिल्म राम्रो भएको प्रतिक्रिया दिएका छन् । ‘फिल्म राम्रो लाग्यो भन्नेहरु धेरै दर्शक छन् तर, उत्पातै भिड देखिएन हलमा’ निर्माता रबिन्द्र सिंह बानियाँले भने ।
ऋचा शर्मा, दयाहाङ राइ, खगेन्द्र लामिछाने लगायतका कलाकारले अभिनय गरेको यो फिल्म आउँदो शुक्रवारदेखि मोफसलमा प्रदर्शन हुने भएको छ भने बुधवारदेखि निर्माण टोली फिल्मको प्रचार प्रसारका लागि मोफसलतिर लाग्ने छ ।
फिल्मप्रति दर्शकको भिड नलागे पनि आत्तिइहाल्न नपर्ने अन्य कतिपय निर्देशकको भनाइ छ । किनकी निश्चलको अघिल्लो फिल्म ‘लुट’ले पनि फिल्म चलेको दोस्रो हप्तापछि मात्रै पिकअप लिएको थियो ।
पछिल्ला केही महिनायता लगातार कमजोर नेपाली फिल्म प्रदर्शन भएकाले पनि नेपाली फिल्मको बजार बिग्रेको छ । त्यही कारण पनि टुल्के युनिटले फिल्म सुपरहिट भएको हेर्न १ हप्ता कुनुपर्ने देखिन्छ ।
पूर्व लाग्यो टुल्केको टोली
आफ्नो फिल्म प्रोमोसनका लागि टुल्केको टोली पूर्वी शहरतिर लागेको छ ।  आगामी शुक्रवारदेखि मोफसलमा फिल्म प्रदर्शन हुने भएपछि प्रोमोसनका लागि टोली त्यता लागेको हो ।  मोफसलतिर लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment