+
+
Shares

एक गेडा अन्न नइ, बरु हामीकन विष देऊ सरकार

१९ कात्तिक, माझघाट (मुगु) । ‘असिनाले एउटा एक गेडा धान बाँकी राख्या नाइ, यो साल जहान भाउ के खुवाई पाल्न्या ? सरकार आया छन रे, कि राउत देऊ, नत्र भन्या विष देऊ, त्यही खाएर सबै मन्र्या हौं’ मुगुकी २४ वर्षीया असला रावलले यसो भन्दै गर्दा आँखाबाट आँशु झरिसकेका थिए ।
खस भाषामा बालबच्चालाई भाउ भन्छन् । मुगु शीरकोटकी असला काखीमा भाउ च्यापेर रारा तालको किनारामा ‘सरकार’ भेट्न आइपुगेकी थिइन् ।
भाइटीकाको दिन मुगुमा परेको विनाशकारी असिनाले उनीसहिते खत्याड क्षेत्रका हजारौं किसानको खेतमा पाकेको धान एक गेडा नरहने गरी सखाप पारेपछि उनले सरकारसँग विष मागेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते २०:५८

mugu-basi-1

मात्रिका पौडेल
१९ कात्तिक, माझघाट (मुगु) । ‘असिनाले एउटा एक गेडा धान बाँकी राख्या नाइ, यो साल जहान भाउ के खुवाई पाल्न्या ? सरकार आया छन रे, कि राउत देऊ, नत्र भन्या विष देऊ, त्यही खाएर सबै मन्र्या हौं’ मुगुकी २४ वर्षीया असला रावलले यसो भन्दै गर्दा आँखाबाट आँशु झरिसकेका थिए ।

खस भाषामा बालबच्चालाई भाउ भन्छन् । मुगु शीरकोटकी असला काखीमा भाउ च्यापेर रारा तालको किनारामा ‘सरकार’ भेट्न आइपुगेकी थिइन् ।
भाइटीकाको दिन मुगुमा परेको विनाशकारी असिनाले उनीसहिते खत्याड क्षेत्रका हजारौं किसानको खेतमा पाकेको धान एक गेडा नरहने गरी सखाप पारेपछि उनले सरकारसँग विष मागेकी हुन् ।

mugu-with-babyकाखे नानी र हातमा असिनाले झारेको धानको पराल बोकेर रारा तालको किनारामा सरकार भेट्न आएकी असलाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल र आफ्नै जिल्लाबाट निर्वाचित सभासद मोहन बानियाँबाट एक थान आश्वासन बाहेक केही पाइनन् ।

काखमा छन् तीन भाउ । अनि पेटमा पनि हुर्किदैछ अर्को । खेतबारीबाट घर भित्र्याउने बेलामा धान, कोदो, सिमी र भटमासलगायत सबै अन्नबाली असिनाले नष्ट पारेपछि असलीलाई यो साल के खाएर बाँच्ने भन्ने चिन्ताले सताएको छ ।

‘सरकारले राहत र क्षतिपूर्ति नदिया त हामीकन भोकभोकै मन्र्या हौं, कि त सरकार राउत देउ, नत्र भन्या विष देउ’ असलीले रारा जलवायु सम्मेलनमा पुगेका सरकारी अधिकारी र सभासदहरुलाई भनिन् ‘हामी के खायार बाँच्न्या हो, मेरा घरमा एक गेडा अन्न नाइ’ ।mugu

मुगुका सबै किसानको हालत उस्तै

असलीजस्तै करीव चार पाँच सय किसान सरकारलाई भेट्न भनेर दुई दिनसम्मको बाटो हिँडेर रारामा आइपुगेका थिए । उनीहरुका हातमा थिए असिनाले धानको गेडा झारेपछिको पराल ।

कात्तिक ८ गते भाइटीकाको दिन साँझ ५ देखि ८ बजेसम्म परेको असिना पानी र त्यसपछिको हिमपातले मुगुको अन्न भण्डार मानिने खत्याड क्षेत्रका ५ गाविसको अन्नबाली सबै नष्ट पारेको छ ।

दक्षिण मुगुको खत्याण्ड क्षेत्रमा ८ गाविस छन् । तीमध्ये शीरकोट, सेरी, गम्था, कार्कीबाडा गाउँमा असिना बालीले करीव १८ करोड बराबरको अन्नबाली नष्ट पारेको मुगुका प्रहरी प्रमुख श्रीहजुर सिलवालले जानकारी दिए ।

जीवन जिउने सहारा असिनाले सखाप पारेपछि प्रत्येक घरका एकजनाको दरले करीव चार सयजना किसान राहत माग्दै रारामा आइपुगेको पीडित किसान संघर्ष समितिका बीर्खबहादुर टमटाले बताए ।

mugu-basi

बूढापाका भन्छन्- कलीयुग लागेजस्तो छ

स्थानीय बूढापाकाहरुका अनुसार यस क्षेत्रमा यस्तो बिनाशकारी असीना परेको र अन्नबाली नष्ट पारेको यो पहिलोपटक हो । ‘आजसम्म यस्तो असीना परेको मैले कहिल्यै थाहा पाइँन’ सेरी गाविसका ७२ वषर्ीय जनकराज रोकायले भने ‘कली लागेजस्तो छ’ ।

एक दिन ढीलो गरेर असीना परेको भए पनि धेरै किसानले धान भित्र्याउन पाउथे । तर किसानलाई मौकै नदिई २ फिट अग्लो असिना परेको कृषि विकास कार्यालय मुगुले जनाएको छ ।

उसै पनि भोक, रोग र शोकमा बाँचेका मुगाली जनता यसपटकको प्राकृतिक बिपत्तिबाट थिलथिलो भएका छन् । रारा तालको किनारामा पर्वतीय क्षेत्रको जनजीवन जलवायु परिवर्तनका कारण संकटमा परेको बारे बहस भइरहेका बेला यी किसानको पीडा राराको किनारामा गुन्जियो ।

पहिलोपटक जनस्तरबाट गरिएको रारा जलवायु सम्मेलनको आयोजक कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डार्कका कार्यकारी निर्देशक मीनबहादुर शाही यो असीना अत्यासका कारण जलवायु परिवर्तन नै हो भन्दै थिए ।

‘कर्णालीमा परम्परादेखि लगाइने गरेका मार्सी धान, स्याउ, सिमी, आलु, फापर, जौ,गहुँ लगायत बाली उत्पादन जोखिममा परेका छन्’ शाहीले भने ‘उसै पनि संकटमा रहेको कर्णाली जलवायु परिवर्तनको जोखिम मोल्दैछ भन्ने यो घटना एउटा साक्षी हो’ ।

mugu-sarkari

राहत दिलाउने आश्वासन

पीडित किसानको पुकार सुनेपछि योजना आयोगका उपाध्यक्ष पोखरेलले क्षतीको विवरणअनुसार राहत दिलाउने आश्वासन दिए । तर, भोकै नांगै दुई दिनको बाटो हिँडेर आएका गरीब मुगालीले राहतका लागि कति पर्खिनुपर्ने हो ? यसको जवाफ पाएनन् ।

mugu-singing

मुगुका स्थानीय सडक गायक कल्से नेपालीले गाएको यही गीत सुन्दै उनीहरु भोको पेट गाउँ फर्किएका छन्, राहत पाउने आशमा –
‘गरीवका पसिना भिनाजु कहिल्या सुख पाउन्या
गरीब क्या खाला भिनाजु यस्तै छ जमाना
भाइटीकाको असिना भिनाजु बाली सखापै भया
 खत्याड गाउँका भिनाजु मार्सी धानको ज्युला सखापै भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?