+
+

होटलको गल्लीमा शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १९ गते ९:१५

१९ कात्तिक, रोल्पा । रोल्पाको सदरमुकाम लिबाङस्थित एक होटलमा एक व्यक्तिको शव फेला परेको छ । नुवागाउ-९ का ५० वर्षका श्यामलाल नेपाली झुन्डिएर अवस्थामा फेला परेका हुन् ।

‘न्यू सखी होटल एण्ड लज’को गल्लीमा उनी झुन्डिएको अवस्थामा भेटिएका हुन । गत कार्त्तिक १० गते घर आगलागि भएपछि जिल्ला प्रशासन कार्यालयमा राहत लिनका लागि मंगलबार बेलुकी सदरमुकाम आएका उनी सो होटलको एक कोठामा ३ जना अन्य साथीहरु सँगै सुतेका थिए । सँगै बसेका साथिहरुले बिहान सवा ५ बजेतिर घटनाको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी गरिरहेका छन् । उनको मृत्युको कारण खुल्न सकेको छैन् ।

घरभित्रै झुन्डिएर महिलाद्वारा आत्महत्या
कञ्चनपुरको झलारी-२ सिमलफाँटाकी २३ वर्षीया माया सेरालाले घरभित्रै झुन्डिएर बुधबार आत्महत्या गरेकी छन् ।

घरको माथिल्लो तलाको दलानमा साडीले पासो लगाई आत्महत्या गरेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको प्रहरी नायब निरीक्षक लालबहादुर ऐरले  जानकारी दिए ।

आत्महत्या गरेकी महिलाको श्रीमान् विदेशमा रोजगारीका लागि गएको र घरमा सासू र  बुहारी मात्रै रहेका छन् । उनका दुई वर्षको छोरा र तीन वर्षकी छोरीसमेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?