Comments Add Comment

फिल्म छोडेर ‘तितोसत्य’ खेल्दिन : ‘गैडा’

nirmal-sharma
टेलिचलचित्र ‘तीतोसत्य’ मा ‘गैडा’ भनेर चिनिने निर्मल शर्मा चार महिना यता सिरियलमा देखिएका छैनन् । अझै ८ महिना टेलिभिजनमा नदेखिने योजना छ उनको । भन्छन ‘अबको एक वर्ष बाहिरको कुनै पनि काम गर्दिन ।’

कथानक चलचित्र ‘चकलेट’ मार्फत फिचर फिल्मको निर्देशक बनेका शर्मा फिल्म रिलिज नहुन्जेल फिल्मकै काममा लाग्ने योजनामा छन् । बिगतमा विज्ञापन, सिरियल र म्युजिक भिडियोको निर्देशन गरेका भएपनि फिचर फिल्मको निर्देशक भने पहिलो पटक बनेका हुन् ।

उनको मान्यता अनुसार फिल्म चल्दा र नचल्दाको जस र अपजस निर्देशकले लिनुपर्छ । तर, नेपालमा निर्देशकले जिम्मेवारी लिने परम्परा सुरु भए जस्तो लाग्दैन उनलाई । उनि भन्छन ‘म केबल पारिश्रमिक लिएर मात्रै काम गर्दिन । फिल्म चल्यो भने निर्मार्तालाई नाफा दिलाउँछु चलेन भने घाटा पनि बेहोर्छु ।

राम्रो विषय, कम खर्च

नेपाली बजारमा फिल्म चलाएर पैसा उठाउने दिन सकिए जस्तो लाग्छ उनलाई । चकलेटको पि्रमियर शो हङकङवाट गर्न लागेका शर्मा अमेरिका, अष्टे्रलिया, कोरिया, क्यानडा लगायतका मुलुकमा फिल्म चलाएर लगानी उठाउने बताउँछन् ।

हरेक निर्मातालाई मौलिक विषयमा फिल्म बनाउन सुझाब दिने शर्मा कम खर्च गर्दा राम्रो हुने धारणा राख्छन् ‘हाम्रो बजार सानो छ त्यसकारण धेरै खर्च गरेर उठाउन सकिदैन ।’ उनले भने ।  राम्रो विषयमा थोरै खर्च गरेर पनि फिल्म बनाउन सकिन्छ भन्ने शर्मा रेडीमेड कथामा भने फिल्म नबनाउन आग्रह गर्छन् ।

फिल्म डुबेका निर्माताको सुचि लामो छ

चलचित्र क्षेत्रका कतिपय अगुवाहरुले नेपाली चलचित्रले उद्योगको आकार ग्रहण गर्दै गएको कुरो गर्छन् । शर्मालाइ लाग्दैन । चलचित्र उद्योगले उद्योगको रुप धारण गरेको छ । यी सब हावा कुरा हो भन्छन् उनी ।

उनको भनाइ अनुसार केही ब्यक्तिहरुले ब्यक्तिगत स्वार्थ पुर्तिका लागि बेला बेलामा विकास भएको कुरा गर्छन् तर, हरेक वर्ष फिल्म बनाएर डुबेका निर्माताको सुचि बढ्दै गएको बारे कहिल्यै ध्यान दिन्नन् ।

पछिल्लो समय राजनितीक दलहरुले समेत चलचित्र क्षेत्रमा आफ्नो प्रभावका लागि प्रतिनीधिहरु खटाएपछि राजनीति गर्नेहरुले भाउ पाएको उनको बुझाइ छ । राजनिती गर्नेहरुले नेपाली सिनेमाको हितका कुरा पटक्कै नगरेकोमा भने दुखी रहेछन् उनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment