Comments Add Comment

एसएलसी नै नदिई १२ पास गर्ने शिक्षक !

school_teacher5२० कात्तिक, पाल्पा । पाल्पाका एक शिक्षकले जिल्ला शिक्षा कार्यालयमा अस्वाभाविक रुपमा रजीनामा बुझाएका छन् । पछिल्ला केही दिनमा २४ भन्दा बढी शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । राजीनामा दिने क्रम दिनदिनै बढ्दो छ । यसअघि यति ठूलो संख्यामा शिक्षकले राजीनामा दिएका थिएनन् ।

के कारणले यतिधेरै शिक्षकको राजीनामा आयो भन्नेबारे प्रष्ट भन्न नसक्ने शिक्षा कार्यालयले जनाएको छ । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाका सबै शिक्षकको शैक्षिक योग्यतासहित अन्य प्रमाणपत्र माग गरेपछि राजीनामा दिने क्रम बढेको नागरिक दैनिकमा खबरछ  ।

केही शिक्षकले नक्कली प्रमाणपत्र पेस गरी जागिर  खाएको भन्ने आसयसहितको उजुरी आयोगमा परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । अख्तियारले अनुस्न्धान थालेपछि कारबाहीमा पर्ने डरले शिक्षकले राजीनामा दिएको हुनसक्ने अनुमान गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयले संकलन गरेका प्रमाणपत्रमा केही शिक्षकले एसएलसी परीक्षा उर्त्तीण नै नगरी प्रमाणपत्र तह (आइए) उर्त्तीण गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment