+
+
Shares

नारायणकाजीको दौडधूप : बालकोटदेखि मन्त्री क्वार्टरसम्म

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २१ गते १९:००

२१ कात्तिक, काठमाडौं । दलहरुबीच सहमति जुटाउने प्रयासका लागि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले दौडधूप थालेका छन् । शुक्रबार एकै दिन श्रेष्ठले तीन दलका आधा दर्जन नेतालाई छुट्टाछुट्टै भेटेका छन् ।

Narayan-Kaji-2श्रेष्ठले शुक्रबार कांग्रेस, एमाले र आफ्नै पार्टी एमाओवादीका नेताहरुसँग भेटवार्ता गरेका छन् । ‘संविधान निर्माण प्रक्रियामा देखिएको गतिरोध अन्त्य गरी फेरि सकारात्मक छलफल सुरु गरेर सहमतिबाटै संविधान जारी गर्न पहल थालेको हुँ’ नेता प्रकाशले अनलाइनखबरसँग भने ।

सहमतिको बाटो तय भइनसके पनि शुक्रबारको छलफल सकारात्मक रहेको उनले बताए ।

श्रेष्ठले शुक्रबार एमाले अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाललाई उनीहरुकै निवासमा पुगेर भेटेका थिए । उपाध्यक्ष वामदेव गौतमलाई पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर श्रेष्ठले भेटेका छन् ।

एमाओवादी नेता श्रेष्ठले कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण सिटौलालाई होटल एभरेष्टमा भेटेका थिए । त्यस्तै उनले सम्वाद समितिका सभापति एवं पार्टी नेता डा. बाबुराम भट्टराईलाई पनि भेटेका छन् ।

पार्टी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई भने भोलि शनिबार छुट्टाछुट्टै भेट्ने श्रेष्ठको योजना छ ।

छलफलका क्रममा नेताहरुले संविधानका विवादित विषयमा पार्टीको अडान छाडेका छैनन् । तर, सहमतिकै आधारमा संविधान जारी गर्न नेताहरु सहमत देखिएका छन् । ‘कतिपय विषयमा छलफल भएको छ । तर, यसरी निकास निस्कने भयो भनेर भन्ने सकिने अवस्था भने आएको छैन’ एक नेताले भने ।

कांग्रेस र एमालेले सात प्रदेश र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको नौ बुँदे साझा प्रस्ताव अघि सारेपछि दलहरुबीच आशंका र दुरी बढेको छ । एमाओवादीले कांग्रेस र एमालेको प्रस्तावको विरोध गरेको छ ।

आफ्नो प्रस्ताव सम्वाद समितिमै रोकेपछि कांग्रेस र एमालेले भने शुक्रबार प्रचण्डले बोलाएको उच्चस्तरीय राजनीतिक समितिको बैठक बहिस्कार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?