२२ कात्तिक, काठमाडौ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक शनिवार बस्दैछ । वैठक पार्टी मुख्यालय बल्खुमा मध्यान्ह १२ बजदेखि बस्नेछ ।
एक साताअघि सुरु भएको एमाले केन्द्रीय कमिटीको वैठक केही दिन अवरूद्ध बनेकाे थियाे । पार्टी नेतृत्व आफूखुशी चलेको भन्दै नेता माधवकुमार नेपालले लिखित असहमति जनाएपछि वैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको थियो ।
कात्तिक १४ गते सुरु भएको बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले कार्यसूची पेश गरेपछि नेता नेपालले समय माग गर्दै आफ्नो लिखित असहमति जनाएका थिए । नेता नेपालले आफ्नो डेढ घण्टा लामो लिखित बक्तब्य पढेर सुनाएका थिए । त्यसपछि १८ गते बस्ने भनिएकाे बैठक पुन: स्थगित भएकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4