२२ कात्तिक, नुवाकोट । सुकुम्वासी समस्या समाधान आयोगले माग गरेअनुसार निवेदनमा समेत रकम असुली भएको छ । आयोगमा निवेदन दिनको लागि नुवाकोटको विदुर नगरपालिका र केही गाविसका सचिवहरुले रकम असुली गरेको सुकुम्बासीहरुले गुनासो गरेका छन् ।
नेपाल सरकार र सुकुम्वासी समस्या समाधान आयोगले निःशुल्क रुपमा फाराम बुझाउनु सक्ने व्यवस्था मिलाएको जनाउदै स्थानीय निकायलाई पनि निःशुल्क रुपमा सिफारिस बनाउन भनिए पनि नगरपालिका र गाविसहरुले रकम असुली गरेका हुन् ।
बिदुर नगरपालिकाको साथै गणेशस्थान, कुमारी लगायतका गाविसका सचिवले निःशुल्क दिनुपर्ने सिफारिसमा रकम असुली गरेको सुकुम्बासीहरुले गुनासो गरे । सिफारिस दिएवापत केही गाविसमा नगदी रसिद नै दिएको छ भने केहीमा रसिद समेत नदिएको सेवाग्रहीहरुले गुनासो गरे ।
गत असोज २६ गतेदेखि खुलेको निबेदन सकुम्वासी, भूमिहिन र अव्यवस्थित बासोबास गर्दै आएकाहरुले यही कार्तिक ३० गतेसम्म निवदेन दिन सक्ने आयोगले जनाएको छ ।
निःशुल्क दिनुपर्ने सिफारिसमा पनि रकम असुली गरिएको सुम्बासीहरुले गुनासो गरे पनि सिफारिस लिन आएकाहरुसाग आफूले भने रकम नलिएको सूर्यमति गाविसका सचिव सुदर्शन सेढाईले दाबी गरे ।
कपिलदेव खनालबाट
प्रतिक्रिया 4