Comments Add Comment

कम्बोडियाका गाउँमा रमाउँदै कोमल वली

komal oli 2
गायिका कोमल वली यतिबेला खरले छाएका घर आगनतिर डुल्दै छिन् । उनका तस्वीर हेर्दा लाग्छ उनी यतिबेला आफ्नै जन्मघर दाङतिरको थारु बस्तीमा छिन् ।
तर, नेपालजस्तै यो ग्रामिण बस्ती दाङ हैन, कम्बोडियाको एक गाउँ हो ।
साँस्कृतिक कार्यक्रममा लागि विभिन्न मुलुक पुगेकी गायिका कोमल वलिलाई कम्बोडिया विषेश लाग्यो । अलनाइनखबरसँग कुरा गर्दै उनले भनिन् ‘कम्बोडियामा मैले नेपाली समाजसँग मिल्ने धेरै कुरा पाएँ ।’
कम्बोडियाको केही गाउँ घुमेकी कोमलले बच्चाबच्ची निकै मायालु रहेको बताइन् । ‘मैले उनीहरुको भाषा बुझिन, उनीहरुले मेरो भाषा बुझेनन् तैपनि हामीले आत्मिय ब्यबहार गर्‍यौं ।’ ती वालवालिकालाई केही नेपाली गीत सुनाएकी कोमल गीत सुनेर वालवालिका रमाएको दाबी गर्छिन् ।
कम्बोडियाको घरहरु कतिपय नेपाली परम्परागत घरसँग मिल्दो रहेछ । काठको पिल्लर, भुइमा माटो र खरको छाना भएको घर देख्दा नेपालकै कुनै गाउँ पुगेको अनुभव भयो रे उनलाई । त्यो भन्दा पनि बढी त नेपाली दर्शकले जस्तै माया गरेको बताउँछिन् कोमल ।

komal oli 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment