+
+
Shares

‘स्वयंसेवक’को भरमा तीन अर्ब लगानी

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २३ गते ६:२४

२३ कात्तिक, सुर्खेत । कृषि विकास बैंक कालिकोट, शाखाले युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट लिएको ६५ लाख रुपैंयाा त्याहााका ३० वटै गाविसमा वितरण गर्यो ।

त्यसैबाट २०६८ सालयता ३ सय २२ ब्यक्तिलाई जनही १० हजारदेखि ६० हजार रुपैंयााका दरले बिनाधितो ऋण लगानी गरियो । तर, लगानी गरिएको रकम कसरी प्रयोग भइरहेको छ भन्नेबारे एकपटक पनि अनुगमन नभएको नागरिक दैनिकमा खबर छ ।

‘उद्योग वाणिज्य संघको सिफारिसका आधारमा ऋण दिएका हौं,’ बैंकका लेखापाल मिठु चौधरीले भने, ‘अनुगमन र असुलीमा कसैको ध्यान नपुग्दा बैंकको बेइज्जत भएको छ ।’

चौधरीका अनुसार लगानी भएको ऋणमध्ये हालसम्म १० लाख मात्र उठेको छ । ऋण कहाा छन् ? यस्ता प्रश्नको जवाफ कसैले खोजेको छैन । ‘बैंकसाग अनुगमन र असुली गर्ने जनशक्ति छैन,’ चौधरीले भने, ‘अनुदान दिने युवा स्वरोजगार कोषले पनि यतातिर चासो नदिंदा ठूलो लगानी जोखिममा परेको छ ।’

कमजोरी बैंकको मात्र छैन, बेरोजगार युवालाई स्वरोजगार बनाउने महत्वाकांक्षी आर्थिक कार्यक्रम सञ्चालन गरेको कोषको फितलो अनुगमन-संयन्त्र समस्याको जड हो । देशका ७३ जिल्लामा ३ अर्ब २२ करोड लगानी गरेको कोषले जिल्लास्तरमा लगानीको अनुगमन तथा कार्यक्रम प्रवर्द्धन गर्न एक-एक जना स्वयंसेवकमात्रै राखेको छ ।

सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षको संयेजकत्वमा पााच सदस्य संयोजन तथा अनुगमन समिति ब्यवस्था गरिएको छ तर, आ-आफ्नो कार्यालयमा ब्यस्त रहेने समितिका पदेन सदस्यलाई कोषको कार्यक्रम अनुगमन गर्ने फुर्सद छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?