Comments Add Comment

खच्चड ड्राइभरको आम्दानी ३० हजार सम्म

khachchad२४ कात्तिक, गोरखा । कसैले कपाल मुडेका, कसैले पालेका । कपालमा पनि खैरो, रातो रंग हालेका । मनास्लु पदमार्गमा यस्तै यस्तै हुलिया भएका बालकदेखि अधबैंसेसम्म भेटिन्छन् । कोही सामान लोड गर्दै त कोही खच्चड धपाउँदै आफ्नो गन्तब्यतिर लागिरहेका हुन्छन् ।

उत्तरी गोरखामा एक सय २५ खच्चरका समूह छन् भने त्यति नै खच्चड ड्राइभर पनि । विहान पाँच बजे उठ्ने, सामान कस्ने, खच्चरलाई दाना खुवाउने र गन्तब्यतिर लाग्ने उनीहरुको दैनिकी रहेको नयाँ पत्रिकामा खबर छ ।

निरन्तर हिडिरहनु नै आफ्नो जिन्दगी भएको उनीहरुको भनाइ छ । ‘कहिले काहीा बाटोमा भारी भत्कन्छ,’ एक वर्षदेखि खच्चड ड्राइभर भई काम गरेका नर्बु गुरुङ्ले भने, बाटोमा भारी कस्नुपर्छ अनि जहाँ जानु छ जाने हो ।’ बेलुकी गन्तब्यमा पुगी भारी झिकेर खच्चडलाई दाना खुवाएपछि खच्चर ड्राइभरको एक दिनको दिनचर्या सकिन्छ ।

‘खच्चड एउटै रफ्तारमा हुन्छ,’ अर्का खच्चड ड्राइभर सुमनसिंह गुरुङले भने, ‘थकाइ मार्न पाइदैन ।’ उत्तरी गोरखाको तातोपानीमा भेटिएका सुमन खच्चडमा सामान लोड गर्दै थिए ।

हेर्दा जुँगाको रेखी नबसेका उनी भन्दै थिए, ‘यति राम्रो जागिर खाएपछि के पढ्नु ?’ आर्थिक अवस्था निकै कमजोर भएकोले यो पेशा अंगालेको उनले बताए । गोरखाको उत्तरी क्षेत्रमा पढाइ छाडेर खच्चड ड्राइभर बनेका दुई दर्जनबढी बालबालिका छन् । एउटा खच्चड ड्राइभरले १५ देखि ३० हजार सम्म मासिक आम्दानी गर्छ । यो क्षेत्रमा यति धेरै तलव पाउने अन्य काम नभएको उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment