Comments Add Comment

सलमानसँग काम गर्न आतुर छिन दीपिका

salman-deepika copy
मुम्बई । अभिनेत्री दीपिका पादुकोणले सलमान खानसँग काम गर्न आतुर रहेको बताएकी छिन् । दीपिका सलमानलाई मन पराउँदिनन् भन्ने हल्लाको जवाफ दिँदै उनले सलमानको खुलेर प्रसंसासमेत गरिन् ।
‘बलिउड फिल्म उद्योगमा एकदमै धेरै हल्ला हुन्छ । मैले आजसम्म सलमान मन पर्दैन भनेकै छैन । म त उहासँग काम गर्न आतुर छु ।’ दीपिकाले भनिन् ।

शाहरुख खानसँग तीन फिल्ममा काम गरेकी दीपिकाले सलमानसँग एउटै फिल्ममा पनि काम गरेकी छैनन् । ‘कुन हिरोसँग काम गर्ने भन्नेमा हिरोइनको कुनै हात हुँदैन सब भाग्यको खेल हो ।’ दीपिकाले भनिन् ।
सलमान अभिनित ‘किक’मा नायिकाको लागि दीपिकालाई प्रस्ताव राख्दा दीपिकाले काम गर्न नमानेको हल्ला चलेको थियो । यो केबल हल्ला मात्रै भएको दाबी गर्दै उनले भनिन ‘मलाइ किकवाट कहिल्यै प्रस्ताव आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment