Comments Add Comment

छविको क्याप्पमा अर्जुन

chabi-arjun-and-shayam
निर्माता छविराज ओझाले जसरी नव-कलाकारलाई आफ्नो प्रोजेक्टमा काम दिन्छन्, त्यसैगरि अन्य विभिन्न विधाका चलचित्रकर्मीलाई पनि अवसर दिन्छन् । छविका चलचित्र गीतका कारण पनि चल्ने गरेका छन् । यसैकारण, उनको प्रोेजेक्टमा काम गर्ने संगीतकाहरु भाग्यमानी नै देखिएका छन् । संगीतकार महेश खड्का हुन् या सुरेश अधिकारी, अथवा बसन्त सापकोटा नै किन नहुन्, छवि ओझाको चलचित्रमा काम गरेर चर्चामा रहे ।

केही बर्षदेखि चर्चामा रहेका अर्जुन पोख्रेलले पनि छविको क्याप्ममा छिर्ने मौका पाएका छन् । अर्जुनले छविले निर्माण गर्न लागेको नयाँ चलचित्रमा काम गर्न लागेका हुन् । नाम अहिलेसम्म तय नभएको यो प्रोेजेक्टका लागि छविले आइतबार अर्जुनलाई अनुबन्धित गरेका हुन् ।

यो चलचित्रको निर्देशन श्याम भट्टराइले गर्दैछन् । चलचित्रको छायांकन चाडै नै सुरु हुने बताइएको छ । हालै मात्र ‘स्टूपिड मन’का गीतसंगीतका कारण चर्चामा आएका अर्जुनले छविको अवसरलाई कसरी सदुपयोग गर्ने हुन्, हेर्न बाँकी छ । छविको प्रोजेक्टमा काम गरेर महिला संगीतकार रेखा पौडेल भने खासै सफल हुन सकेकी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment