+
+
Shares

भिसा नथपिएपछि बेलायतबाट फर्किन् खुश्बु

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २६ गते १८:१७

Khusbu-oliकाठमाण्डौ । डन दिनेश अधिकारी चरीको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि प्रहरी अनुसन्धान छल्न सुटुक्क बेलायत पुगेकी उनकी प्रेमिका खुश्वु ओली भिषा नथपिएपछि फर्किएकी छिन् । उनी नेपाल फर्किएको वा अरू कुनै देश गएको भन्ने स्पष्ट भएको छैन् ।

चरीको मृत्युलाई ‘हत्या’ भन्दै प्रहरीविरुद्ध कारवाही माग गरेर खुश्वु चर्चामा आएकी थिइन् । तर, प्रहरीले चरीले गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्तिको भोगचलन खुश्वुले गरेको आशंकासहित छानविन थालेपछि उनी सुटुक्क बेलायत पुगेकी थिइन् ।

पर्यटक भिसामा बेलायत पुगेकी खुश्बुले विद्यार्थी भिसामा परिणत गर्न कोसिस गरेकी थिइन् । त्यसका लागि गरिएको विभिन्न प्रयास असफल भएपछि उनी अन्ततः नोभेम्बर ४ मा नेपाल फर्किएको स्रोतको हवाला दिँदै त्यहाँबाट संचालित कम्युनिटी पोर्टल वी नेपालीले जनाएको छ ।

उनको भिसा नोभेम्बर ६ मा सकिँदै थियो ।

उनी साउथ इष्ट लण्डनको ग्रीनीचस्थित केमसिङ रोडमा आफन्तकोमा बस्दै आएकी थिइन् ।

युके आएको मौकामा खुश्बुले केटासाथी पनि बनाएकी थिइन् । स्थानीय सुपरस्टोरमा काम गर्ने कार्की थरका उनका प्रेमी भने खुश्बुको अचानक नेपाल प्रस्थानपछि मर्माहत बनेको स्रोतले बतायो । युके रहँदा खुश्बुको आवतजावत उनीसित हुन्थ्यो भने उनकै गाडीमा हिंड्ने गर्थिन् ।

अहिले चरीको सम्पतिका बारेमा नेपालमा प्रहरीले छानविन गरिरहेको छ । खुश्बुको रवाफिलो लाइफ स्टाइल, घर, कार्यालय आदिका कारण खुश्बु चरीको सम्पतिको मुख्य रेखदेखकर्ता भएको आशंका छ । सोही कारण उनी विदेशिएको अनुमान गरिएको थियो ।

लण्डनमा उनी गुमनामजस्ती देखिएकी थिइन् । कसैले सोध्दा आफू खुश्बु होइन बहिनी हो भन्दै परिचय लुकाउने गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?