Comments Add Comment

‘सबैभन्दा बढी आम्दानी हुने पूर्वाधार विमानस्थल’

२६ कात्तिक, काठमाडौं । ‘एयर ट्रान्सपोर्ट त्यस्तो पूर्वाधार हो, जहाँ जति धेरै लगानी गर्न सक्यो त्यति नै धेरै आम्दानी गर्न सकिन्छ,’ नेपाल सरकारका एभियशन प्लानिङ एडभाइजर सान्टियागो गोमेजले राजधानीमा आयोजित पूर्वाधार सम्मेलनमा भने ।

Nijgadh-International-Airport-Final-2विमानस्थलमा गरिएको लगानीबाट सरकार निजी क्षेत्र दुबैलाई ठूलो लाभ हुने हुँदा निजी क्षेत्र लगानी गर्न डराउन नहुने उनको भनाई थियो । राजश्व उठाउने मामलामा सरकार भन्दा निजी क्षेत्र बढी सफल हुने हुँदा विमानस्थल निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक रहेको उनले बताए ।

सरकारले विमानस्थल निर्माणमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकषिर्त गरेर नियामक निकायको भूमिका निर्वाह गर्नुपर्नेमा गोमेजको जोड थियो ।

अर्का वक्ता मोजाम मेकानले विमानस्थलमा ड्यूटी फ्रि, पार्किङ, जहाज ल्यान्डिङ, हृयाङ्गर लगायत ठाउँबाट शुल्क लिइने हुँदा धेरै अम्दानी गर्न सम्भव हुने बताए ।

‘एयरपोर्ट भनेको संसारकै सबैभन्दा महंगो पूर्वाधार हो, तर लगानी गरिसकेपछि प्रतिफल पनि त्यहि अनुपातमा प्राप्त हुन्छ’ आइएफसीका युरोप तथा मध्य एशिया म्यानेजर मेकानको भनाई थियो- ‘विश्वव्यापी ट्रेन हेर्दा एयरपोर्ट महंगो पूर्वाधार भएपनि निजी क्षेत्र यसमा आकषिर्त भएको पाइन्छ ।’

कुनै पनि मुलुकको विकासका लागि पूर्वाधार पहिलो सर्त भएको उल्लेख गर्दै मेकानले पर्यटन विकासका लागी एयरपोर्ट अत्यावश्यक रहेको बताए । एयरपोर्टमा निजी क्षेत्रको लगानी आउनु आवश्यक रहेको उनको भनाई थियो ।

मेकानले लगानीकर्तालाई लगानीका लागि आहृवान गर्नुपूर्व राम्रा राम्रा योजनाहरु छनौट गर्नुपर्ने बताएका छन् । राम्रा आयोजनाहरु भएमा मात्र निजी क्षेत्र लगानीका लागि आकषिर्त हुने उनले बताए ।

टर्कीको टिएभी एयरपोर्ट होल्डिङ्सका मध्यपूर्व क्षेत्रिय निर्देशक वालेड युसेफले लगानीका लागि सबैभन्दा पहिला मुलुकमा राजनीतिक स्थिरता चाहिने बताए ।

‘ठूला परियोजनामा लगानी गर्न निजी क्षेत्र यसै आउँदैनन्, परियोजना तयार पारेर त्यसका जोखिमपूर्ण पक्षहरु देखाईदिनुपर्छ’ युसेफले भने- ‘अनिमात्र लगानीकर्ताले जोखिम हेरेर जुन परियोजनाको जोखिम व्यवस्थापन गर्न सकिन्छ त्यसैमा लगानी गर्न तयार हुन्छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिश चन्द्रलाल सुमनले अहिले सञ्चालनमा रहेको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलले आगामी ९ वर्षपछि यात्रुको चाप थेग्न नसक्ने बताए ।

‘अहिलेको एयरलाइन्स तथा यात्रुको फ्लो हेर्दा सन् २०२३ पछि त्रिभुवन विमानस्थलले भार थेग्न नसक्ने निश्चित छ, यसको क्षमता अभिवृद्धि गर्ने ठाउँ पनि हुनेछैन’ सुमनले भने- ‘त्यसो हुँदा तत्काल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु गर्नु जरुरी छ ।’

निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने तयारी भएपनि अझै काम अगाडी बढ्न सकेको छैन् । त्रिभुवन विमानस्थलको भिडभाड हटाउन ठूलो एयरपोर्टको आवश्यकता रहेको सुमनको भनाई थियो ।

अहिले त्रिभुवन विमानस्थलबाट ९० प्रतिशत आन्तरिक उडान र १० प्रतिशत अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नहुँदा अहिले त्रिभुवन विमानस्थलमा भिडभाड हुने गरेको छ ।

हवाई चाप हुने हुँदा उडान अवतरणमा निकै समस्या पर्दै आएको सुमनले गुनासो गरेका छन् । निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट मिवानस्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको उनले सुनाए ।

‘निर्माणाधिन निजगढ विमानस्थलमा मध्यपूर्वी देशबाटबाट आउने जहाज अवतरण गरार्इ सुदूर पूर्वी देशतर्फ र सुदूर पूर्वी देशबाट उड्ने जहाजलाई अवतरण गरेर मध्यपूर्वी देशतिर उडाउन सक्नेगरी व्यवस्थापन गर्न लागेका छौं’ सुमनले भने- ‘यसो गर्न सकेमा नेपाल ट्रान्जिट प्वाइन्टको रुपमा अगाडी आउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment