+
+
Shares

कट्रिनाका लागि घर छाड्दिनः रणबीर

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २७ गते ९:२५

ranbir-and-katrina
मुम्बई । अभिनेता रणबीर कपुरले कट्रिना कैफको कारण घर छोड्न लागेको भन्ने खबरको खण्डन गरेका छन् । केही समयअघि मात्रै रणबीरले पुख्र्यौली घर छाडेर नयाँ घरमा बस्न लागेको सार्वजनिक भएको थियो ।
‘मैले घर छाड्ने भन्ने कुरा पुरै गलत हो, त्यस्तो कुनै योजना छैन ।’ रणबीरले एजेन्सीसँग कुरा गर्दै भनेका छन् । अहिले आफ्नो पुख्यौली घरमा मर्मत सम्भारको काम भइरहेको बताउँदै रणबीर क्याटरिनासँगैको सम्बन्धको विषयमा भने खुल्न चाहेनन् ।
एक विज्ञापनको सुटिङका लागि नयाँ दिल्ली पुगेको बेला संवाददातासँग कुरा गर्दै रणबीरले भने ‘एउटा पुरुष आफ्नो घर छाडेर वर्षौ बाहिर बस्न सक्छ । तर, श्रीमतीकै घरमा जीवन बिताउने सपना कहिल्यै पाल्दैन । ३२ वषिर्य रणबीर र ३१ वषिर्य कटि्रनाविच बिबाह हुन सक्ने हल्ला ब्यापक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?