+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

‘क्यान्डी क्रस’ गेमका डेभलपर काठमाडौंमा, नेपाली एप्स निर्मातासँग अनुभव साट्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २७ गते १७:१९

Candi-Cross-Tommy_Palm1

२७ कात्तिक, काठमाडौं । युवाहरुमाझ लोकप्रिय मोबाइल एप्स गेम क्यान्डी क्रस सागाका डेभलपर टमी कार्ल पाल्म नेपाल आएका छन् । उनी दिउँसो करिव १२ बजे काठमाडौं आइपुगेका हुन् ।

मुलुककै ठूलो मोबाइल एप्स प्रतिस्पर्धा ‘एनसेल एप्स क्याम्प’मा छनौट भएका डेढसय एप्स डेभलपर टिमलाई मार्गदर्शन गर्न पाल्म नेपाल आएका हुन् ।

क्यान्डी क्रस सागा बनाएको किंग डटकमका गेम्स गुरु पाल्मले कात्तिक २९ गते एनसेल एप क्याम्पको क्षमता अभिवृद्धि सेमिनारमा अतिथि वक्ताको रुपमा युवा डेभलपर टिमहरुलाई सम्बोधन गर्नेछन् ।

सेमिनारमा पाल्मले आफ्नो सफलताको कथासँगै युवा डेभलपरले एप्स बनाउँदा ध्यान दिनुपर्ने युजर इन्टर्फेस तथा युजर अनुभुतिजस्ता विषयमा एनसेल एप क्याम्पका सहभागीलाई जानकारी गराउने बताइएको छ ।

‘देशमा विद्यमान डिजिटल संभावनालाई उजागर गर्ने तथा नेपाली युवालाई विश्व एप उद्योगको हिस्सा बनाउने उद्देश्य लिएको एनसेल एप क्याम्पमा भाग लिइरहेका टोलिलाई पाल्मजस्ता विश्व चर्चित व्यक्तिहरुको मेन्टरशिपले उनीहरुको क्षमता अभिवृद्धि गर्ने तथा अन्तर्राष्ट्रिय एप्स बजारबारे एक्स्पोजर प्रदान गर्नेछ’ एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले बताइन् ।

पाल्म अन्तर्राटि्रय एप्स उद्योगका सबैभन्दा उत्प्रेरक (इन्स्पाइरिङ्ग) व्यक्तिहरुमध्ये एक मानिन्छन् । संसारभर दश करोड भन्दा बढी डाउनलोड भएको र प्रत्येक दिन पाँच लाख डलर कमाइरहेको क्यान्डी क्रस सागाको सफलताको पछाडि उनकै सोच तथा डिजाइन रहेको छ ।

कोमोडोर ६४ का लागि १९८६ देखि नै रुचिका रुपमा गेम्स प्रोग्रामिङ्ग गर्दै आएका पाल्मले १९९९ मा जेडस्टोन एबी नामक कम्पनी स्थापना गरेपछि विचार स्रष्टा तथा गेम डिजाइनरका रुपमा चर्चित हुन थालेका हुन् ।

यस दौरान उनले चाम्पियनशीप म्यानाजर अनलाइन, डर्क डागर, फि्र जम्बी हिरो, वल्र्ड इन् वार र कोडो मि लगायत २० गेम्स एप्स बनाउन शीर्ष भूमिका खेलेका छन् । विगत १२ वर्षको अवधिमा उनको टोलीले १० वटा अवार्डका साथै थुप्रै मनोनयन प्राप्त गरेको छ ।

२००९ मा पाल्मले आफ्नो जेडस्टोन मोबाइल विभागलाई नयाँ कम्पनीमा परिणत गरे । २०१२ मा http://king.com/ ले यो कम्पनी लिएपछि हाल उनी उक्त कम्पनीमा गेम्स गुरुका रुपमा कार्यरत छन् ।

टोमी पढाउन तथा लेखन कार्यमा रुचि राख्छन् । साथै एप सम्वन्धि गोष्ठीहरुमा वक्ताका रुपमा उपस्थित भई युवा डेभलपरहरुलाई उत्प्रेरित गर्न रमाउँछन् । उनी स्टकहोमको रोयल इन्टिच्युट अफ टेक्नोलोजीमा नियमित लेक्चर दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?