+
+
Shares

गोपीकृष्णमा प्रहरीको छापा, कलेज ड्रेसमा विद्यार्थी पक्राउ (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २८ गते १६:५४

prahari-chapa
कलेजको पहिरन लगाएर चलचित्र हेर्न पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान काठमाण्डौको चाबहिलस्थित गोपिकृष्ण हलमा प्रहरीले छापा मार्दै उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले १३ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।

कलेजका विद्यार्थीलाई हल परिसरमा गएर प्रहरीले पक्राउ गरेपछि गोपिकृष्ण हल संचालकले आपत्ती जनाएको छ । गोपिकृष्णका महाप्रवन्धक तिर्थराज पौडेलले हल भित्र प्रवेश गरेर प्रहरीले आतंकवादी शैली देखाएको बताएका छन् । विद्यार्थीहरुलाई गौशाला प्रहरी प्रभागमा पुर्‍याएर अभिभावकको जिम्मा लगाइएको छ ।

महनगरिय प्रहरी वृत्त गौशालाका प्रमुख राकेश सिंहले विद्यार्थीहरुलाई मर्यादामा राख्न निगरानी बढाइएको बताए । उनले डान्सबार, पार्क, हलमा कलेज पोशाकमा पुग्ने विद्यार्थीलाई प्रहरीले निगरानी बढाएको बताए । यता विद्यार्थीहरुले भने प्रहरीले आफूहरुको मानवअधिकार हनन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।prahari-chapa-1

prahari-chapa-2

prahari-chapa-3

तस्बिर : दीनेश सिटौला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?