१ मंसिर, काठमाडौं । न्यायाधीशहरुको राष्ट्रिय सम्मेलनका कारण देशभरका अदालतहरुमा सोमबारदेखि इजलास बन्द भएको छ । सोमबारदेखि बुधबारसम्म मुलुकभरका अदालतमा मुद्दाको पेशी समेत तोकिने छैन ।
सर्वाेच्च अदालतले पनि सम्मेलन हुने तीन दिन बन्दी प्रत्यक्षीकरणका रिट बाहेक अन्य मुद्दा नहेर्ने जनाएको छ । सर्वाेच्च अदालतले विज्ञप्ति निकालेर पेशी स्थगीत हुँदा सेवाग्राहीलाई असुविधा पर्न गएकोमा क्षमा मागेको छ ।
न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन राजधानीको प्रज्ञा प्रतिष्ठानमा शुरु हुदै छ । सम्मेलनमा जिल्ला अदालत, पुनरावेदन अदालत, न्यायाधीकरण र विषेश अदालतका न्यायाधीशहरुको उपस्थिति रहने छ ।
सम्मेलनमा भावी संविधानमा न्यायपालिकाको संरचनाका विषयमा छलफल हुनेछ । साथै न्यायपालिकाको समसामयिक समस्या एवं चुनौती र भावी कार्यदिशासँग सम्बन्धीत कार्यपत्रमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4