Comments Add Comment

वीर अस्पतालमा १५ महिनापछि सिटि स्क्यान सेवा

Bir-Hospital-Ticket-Counter२१ मंसिर, काठमाडौं । वीर अस्पतालमा १५ महिनापछि पुनः सिटि स्क्यान सेवा शुरु भएको छ । पुरानो सिटि स्क्यान विगि्रएर चल्न नसक्ने अवस्थामा पुगेपछि वीरमा गत साता मात्र नयाँ स्क्यानर जडान गरिएको हो ।
नयाँ सिटि स्क्यानको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले औपचारीक उद्घाटन गरेका छन् । मन्त्रीले उद्घाटन गरे लगत्तै वीरमा पुनः सिटि क्यान सेवा शुरु भएको छ । १४ वर्ष अगाडी किनिएको मेसिन विगि्रएपछि अस्पताल प्रशासनले मर्मतमा चासो दिएको थिएन् । मर्मत नहुँदा विगत १५ महिनादेखि बिरामी निजी स्वास्थ्य संस्थामा तथा अन्य अस्पतालमा जान बाध्य थिए ।
वीर अस्पताललाई स्वास्थ्य सेवा विभागले १६ स्लाइस क्षमताको सिटि उपलब्ध गराएको हो । यसअघि जम्मा एक स्लाइस क्षमताको सिटि वीरमा थियो । १६ स्लाइसका स्क्यानरलाई आधुनिक मानिन्छ । यद्यपी अहिले बजारमा १५६ स्लाइस क्षमता भन्दा बढीका स्क्यानरसमेत आइसकेका छन् ।
अस्पतालका दिर्नेशक डा. स्वयमप्रकाश पण्डितका अनुसारसाउन २०७० देखि मेशिन बिगि्रएको थियो । उनका अनुसार आर्थिक वर्ष ०५७/५८ मा किनिएको उक्त सिटि स्क्यान सिंगल स्लाइडको थियो । त्यतिबेला उक्त मेसिन करिब तीन करोड रुपैँयामा खरिद गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment