Comments Add Comment

प्राथमिकतामा राखिएको उर्जामा विदेशी लगानी शून्य

Fd२१ मंसिर काठमाडौं । सरकारले लगानीका लागि प्राथमिकतामा राखेको उर्जा क्षेत्रमा विदेशी लगानी शून्य देखिएको छ । अघिल्लो आर्थिक वर्षको चार महिनामा उर्जामा ६ अर्ब ७७ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएकोमा यस वर्षको सोही अवधिमा शून्य देखिएको हो ।

सरकारले मुलुकमा लगानीमैत्री वातावरण तयार भएको दाबी गरिरहेका बेलामा प्राथमिकतामा राखिएको क्षेत्रमै लगानीकर्ताको विकर्षण देखिएको छ । उर्जामात्र होइन कृषिमा पनि यस वर्ष अघिल्लो वर्षको तुलनामा विदेशी लगानी प्रतिवद्धता घटेको छ ।

अघिल्लो वर्षको कर्तिक मसान्तसम्म उद्योग विभागमा ५८ करोड ४० लाख रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएकोमा यस वर्ष घटेर ४७ करोड ४० लाख रुपैयाँमा सिमित हुन पुगेको छ ।

विगतका वर्षहरुमा विदेशी लगानीकर्ताहरुको आकर्षण बन्दै आएको सेवा क्षेत्रमा पनि यस वर्ष लगानीकर्ताको आकर्षण घटेको उद्योग विभागको तथ्यांकले देखाउँछ । अघिल्लो वर्ष सेवा क्षेत्रमा २ अर्ब २७ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएकोमा यस वर्ष जम्मा १ अर्ब ९६ करोड रुपैयाँको प्रतिवद्धता आएको छ ।

सरकारले उर्जा, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर लगानीकर्ता आकषिर्त गर्ने प्रयास गरिरहेको छ । तर, सरकारको प्रयास विपरित पर्यटन बाहेकका दुई क्षेत्रमा लगानीकर्ताको विकर्षण देखिएको छ । यसले अझै पनि मुलुकमा लगानीको वातावरण तयार नभएको सन्देश दिने बताउँछन सरोकारवालाहरु ।

कुल लगानी ६० प्रतिशत घट्यो

यस अवधिमा उद्योग विभागमा आएको कुल विदेशी लगानी प्रतिवद्धता अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतले ओरालो लागेको छ ।

विभागमा ४ महिनाको अवधिमा ४ अर्ब २ करोड रुपैयाँको कुल विदेशी लगानी प्रस्ताव आएको छ । अघिल्लो वर्षको यही अवधिमा ९ अर्ब ९६ करोड रुपैयाँको प्रस्ताव आएको थियो । यो अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले कम हो ।

विभागका अनुसार यस अवधिमा १ सय २६ परियोजनामार्फत ४ अर्ब २ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो । यद्यपि २० अर्बभन्दा ठूला परियोजना र ५ सय मेगावाटभन्दा बढी क्षमताका परियोजना भने सिधै लगानी बोर्डमार्फत भित्रिन्छन् ।

विभागको तथ्यांकअनुसार साउनदेखि कार्तिकसम्म ३९ वटा सेवामूलक उद्योग थपिएका छन् भने १८ वटा उत्पादनमूलक, २३ वटा कृषि तथा वनमा आधारित, ४० वटा पर्यटन, ५ वटा खानीजन्य र एउटा निर्माण जन्य उद्योगमा विदेशी लगानी प्रस्ताव आएको छ ।

नेपालमा राजनीतिक अस्थिरता, लगानीमैत्री वातावरण, शान्ति-सुरक्षाको अभाव, श्रम समस्या, विद्युत आपूर्तिमा समस्या लगायतले विदेशी लगानीकर्ता लगानीका लागि हिचकिचाइरहेको बताइन्छ ।

नेपालमा लगानी गर्नेमा भारत, चीन, कोरिया, फ्रान्स, बंगलादेश, जापान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, अस्ट्रेलिया, प|mान्स, इटाली, जापान, बंगलादेश, सिंगापुर, थाइल्यान्डजस्ता मुलुक लगानी गर्नेमा अग्रस्थानमा छन् । यी मुलुकले विशेषगरी उत्पादन, सेवा, ऊर्जा, कृषि तथा खनिज क्षेत्रमा बढी लगानी गरेको भण्डारीले बताए ।

लगानीका क्षेत्र परियोजना (गत वर्ष) परियोजना   (चालु वर्ष) लगानी (गत वर्ष) लगानी (चालु बर्ष)
कृषि २५ २३ ५८ करोड ४० लाख ४७ करोड ४० लाख
उर्जा ६ अर्ब ७७ करोड
निर्माण १० करोड
उत्पादन ११ १८ ५९ करोड ४० लाख ६५ करोड ५२ लाख
खनिज ८ करोड १ लाख १४ करोड
सेवा ३२ ३९ २ अर्ब २७ करोड १ अर्ब ९६ करोड
पर्यटन २२ ४० ३५ करोड ४० लाख ६८ करोड ८० लाख
जम्मा १०० १२६ ९ अर्ब ९६ करोड ३९ लाख ४ अर्ब २

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment