+

काभा नेसन्स कप खेल्न जाने पुरुष टोलीको बिदाइ

२०८२ कात्तिक  २ गते १७:१९ २०८२ कात्तिक २ गते १७:१९
काभा नेसन्स कप खेल्न जाने पुरुष टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुरुष राष्ट्रिय भलिबल टिमलाई कात्तिक ५ देखि ११ गतेसम्म बंगलादेशमा हुने काभा नेसन्स कप खेल्न बिदाई गरिएको छ।
  • हरिहजुर थापाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भईसकेको छ र नेपालले ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
  • नेपालले दुई वर्षपछि अन्तर्राष्ट्रिय भलिबलमा पुनरागमन गरेको छ र टोलीमा ८ नयाँ खेलाडी छन्।

२ कात्तिक, काठमाडौं । बंगलादेशमा यही कात्तिक ५ देखि ११ गतेसम्म आयोजना हुने काभा नेसन्स कप भलिबल खेल्न जाने नेपाली पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरिएको छ ।

नेपाल भलिबल संघले आईतबार एक कार्यक्रम गर्दै टोलीको बिदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले टिमलाई बिदाई गरे ।

हरिहजुर थापाको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा भईसकेको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा भरत यादव छन् भने सहायक प्रशिक्षमा उत्सव खड्का छन् । प्रतियोगितामा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको पुरुष भलिबल टिमले दुई वर्षपछि अन्तर्राष्ट्रिय भलिबलमा पुनरागमन गरेको हो । नेपालले पछिल्लो पटक सन् २०२३ मा श्रीलंकामा भएको काभा च्यालेन्ज कप खेलेको थियो ।

यसपटक राष्ट्रिय टिममा सिनियर सँगै नयाँ युवा खेलाडीहरुको मिश्रण छ । अन्तिम टोलीमा ८ नयाँ खेलाडी छन् । नेपालले राम्रो नतिजा ल्याउने नेपाल भलिबल संघको विश्वास छ।

नेपाली टोली: हरिहजुर थापा (कप्तान), धन बहादुर भट्ट, विनोद चन्द, धिरोजकाजी बस्नेत, सरन सामरी क्षेत्री, सफल विक, अर्जुन नेपाली, रविन नगरकोटी, पहल गहतरात, सन्तोष राई, सुनिल बोहरा, सुजन सुनार, नृपध्वज बस्नेत, शैलेन्द्र यादव

काभा नेसन्स कप नेपाली भलिबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय