२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नेपाल भ्रमणको औपचारिक निम्तो पठाएका छन् ।

अमेरिकी राजदूत पिटर डब्ल्यु बोड्डीसँग सोमबार विहान भएको भेटमा कोइरालाले ओबामालाई नेपाल भ्रमणको लागि औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन जाँदा अमेरिकी राष्ट्रपति ओवामालाई नेपाल भ्रमणको लागि मौखिक निमन्त्रणा दिएका थिए ।
कोइरालाले ओबामा आउँदो जनवरीमा दक्षिण एसियाको भ्रमणमा आउँदा नेपालमा पनि छोटो भ्रमण गर्न आग्रह गरेका हुन् ।
नेपाल संविधान निर्माणको महत्वपूर्ण र निर्णायक चरणमा रहेको भन्दै कोइरालाले ओबामाको नेपाल भ्रमण भएमा समस्त लोकतान्त्रिक शक्तिहरुलाई नैतिक सहयोग पुग्ने धारणा राखेका छन् ।
भेटवार्तामा अमेरिकी राजदूत बोडीले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नै संविधान निर्माण हुन सक्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
प्रतिक्रिया 4