Comments Add Comment

निर्माताले १५ दिन भित्र रकम पाउने, फिल्म चलाउन यस्तो सहमती

agreement

उसो त चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघविच बारम्बार सहमती भएपनि कार्यन्वयन भएको छैन । संझौता गर्दा मिले जस्तो देखिएपनि दुबै संस्था एक अर्कासँग विभिन्न कारणले तालमेल मिलाउन सक्दैनन् ।

यसैक्रममा, नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघविच आज ११ बुँदे नयाँ संझौता भएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र नेपाल चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले संझौता पत्रमा हस्ताक्षर गरे ।

११ बुँदे संझौतामा उल्लेख भएअनुसार, अब चलचित्र बनाउने निर्माता र चलचित्र प्रदर्शन गर्ने प्रदर्शक क्रमश निर्माता संघ र चलचित्र संघमा सदस्य बन्नुपर्नेछ ।

यो संझौताले निर्माता र वितरकलाई अनुशानको घेरामा ल्याउने र मर्यादित तबरले चलचित्र हलमा लाग्ने ठहर दुबै संस्थाको छ । २ संस्थाविच आज भएको संझौताको पूर्ण विवरण यसप्रकार छ ।

१.नेपाल सरकार, चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण गर्ने इजाजत प्राप्त व्यवसायी नेपाल चलचित्र निर्माता संघको सदस्य रही निर्माण गरेको चलचित्र नेपाल चलचित्र निर्माता संघमा अनिवार्य दर्ता गर्नुपर्ने छ ।
२. नेपाल सरकार, चलचित्र विकास बोर्डबाट चलचित्र वितरण इजाजत प्राप्त व्यवसायी नेपाल चलचित्र संघका वितरक सदस्यहरुलाई मात्र नेपाली चलचित्र निर्माताहरुले चलचित्र वितरणको अधिकार दिनुपर्ने छ ।
३. नेपाल चलचित्र निर्माता संघमा दर्ता भएका नेपाली चलचित्रहरुमात्र नेपाल चलचित्र संघमा सदस्य भएका चलचित्र वितरकले अनिवार्य रुपमा नेपाल चलचित्र संघमा चलचित्र दर्ता गरेर मात्र प्रदर्शन गर्नुपर्ने छ ।
४. नेपाल चलचित्र संघको सदस्य रहेका प्रदर्शकहरुलाई मात्र चलचित्र वितरकले चलचित्र प्रदर्शनका लागि दिनुपर्नेछ । सदस्य नरहेका प्रदर्शकहरुलाई चलचित्र प्रदर्शन गर्न दिए सो वितरकको चलचित्र रोक लगाउन दुबै संघ सहमत गर्दछौ ।
५. चलचित्र प्रदर्शन समाप्त भएको मितिले १५ दिन भित्र प्रदर्शकले हरहिसाब फरफारक गर्नुपर्ने छ । फरफारक नगरी अटेर गर्ने प्रदर्शकलाई चलचित्र प्रदर्शनमा रोक लगाउन सकिने छ ।
६. निर्माता वा वितरकहरुले आफ्नो चलचित्र प्रदर्शनका लागि प्रदर्शकहरुलाई अनावश्यक दबाब दिएको खण्डमा त्यस्ता चलचित्रलाई नेपालभर प्रदर्शन रोक लगाउन सकिने छ ।
७. नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघमा दर्ता नभएका चलचित्रहरु वितरण तथा प्रदर्शन गर्न पाइने छैन । तर, कुनै पनि वितरक वा प्रदर्शक सदस्यले त्यस्ता चलचित्रहरु वितरण तथा प्रदर्शन गरेमा नेपाल चलचित्र संघले आवश्यक कारबाही गर्ने छ र नेपाल चलचित्र निर्माता संघले समर्थन गर्ने छ ।
८. नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघका बीचमा विभिन्न समयमा भएका सहमती र संझौताहरु कार्यन्वयन गर्नका लागि दुबै संघका ३–३ जना गरि ६ जनाको एक कार्यदल गठन गरिने छ ।
९. दुबै संघका विचमा विभिन्न मितिमा भएका सहमती र संझौताहरु कार्यान्वयन गर्ने क्रममा कुनै विवाद वा असहज परिस्थिती श्रृजना भई संशोधन गर्न परेमा सो को जानकारी दुबै संघमा एक महिना पहिले गर्नु पर्नेछ ।
१०. यो संझौता मिति २०७१ साल मंसिर २८ गतेदेखि लागू हुनेछ ।
११. माथि उल्लेखित संझौताका शर्तहरु दुबै संघले पालना गर्ने छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment