+
+
Shares

संखुवासभाको सिलिचोङमा चट्याङ लागेर दुई जना घाइते

भविन कार्की भविन कार्की
२०८३ असार ६ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभाको सिलिचोङ गाउँपालिका–४ मा चट्याङ लाग्दा एकै घरका श्रीमान् र श्रीमती घाइते भएका छन् ।
  • चट्याङ लागेर ३५ वर्षीय शेखरचन्द्र राई र उनकी १८ वर्षीया श्रीमती बुद्धिकला राई घाइते भएका हुन् ।
  • घाइतेहरूलाई स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।

६ असार, संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–४ माङतेवामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । गएराति वर्षासगै परेको चट्याङ लागेर सिलिचोङ–४ मा एकै घरका श्रीमान श्रीमती घाइते भएका छन् ।

घाइते हुनेमा ३५ वर्षीय शेखरचन्द्र राई र उनकी श्रीमती १८ वर्षीयाा बुद्धिकला राई घाइतेको भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

आफ्नै घरको सिकुवामा बसिरहेका बेला अचानक परेको चट्याङले लागेर घाइते भएका हुन् । चट्याङ लागेर शेखरचन्द्रकी श्रीमती बुद्धिकला गम्भीर घाइते भएकी छिन् ।

चट्याङ लागेर उनको विभिन्न भागमा चोट लागेको प्रहरी निरीक्षक राजवंशीले बताए ।

घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार पश्चात थप उपचारका शनिबार बिहान लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।

जिल्ला मकालु, चिचिला, सिलिचोङ  गाउँपालिकामा चट्याङको उच्च जोखिम मानिन्छ । जिल्लामा चट्याङ लागेर एक वर्षको अवधिमा आधार दर्जन व्यक्तिको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?