+
+
Shares

मनास्लु पदमार्गका केही स्थानमा खच्चड आवतजावतमा रोक लगाइने

विकास मरहट्टा विकास मरहट्टा
२०८३ असार ६ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाले फिलिम–लार्के पास पदमार्ग स्तरोन्नतिका लागि १० देखि १८ असारसम्म खच्चड आवतजावतमा रोक लगाएको छ ।
  • पदमार्गको झरना र ड्याङ क्षेत्रमा ढलान तथा रेलिङ निर्माण गर्नका लागि आवतजावत बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।

६ असार, गोरखा । मनास्लु पदमार्ग अन्तरगत पर्ने उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका केही स्थानमा खच्चड आवतजावतमा रोक लगाइने भएको छ ।

वडा नम्वर ३ को झरना क्षेत्र र वडा नम्वर ५ को ड्याङ क्षेत्रमा खच्चड आवतजावत बन्द गरिने पालिकाले जनाएको छ ।

सार्वजनिक सूचना जारी गर्दैै पालिकाले यही असार १० देखि १८ गतेसम्म सो क्षेत्रमा खच्चड आवतजावत नगराउन आग्रह गरेको छ । फिलिम–लार्के पास पदमार्ग स्तरोन्नतीका लागि केही दिन रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।

‘पदमार्ग स्तरोन्नतीका लागि सो क्षेत्रमा ढलान तथा रेलिङ निर्माण गर्नुपर्ने छ,’ उनले भने, ‘त्यसैका लागि केही दिन खच्चड नहिडाउन भनेका हौं ।’

असार १९ गतेबाट उक्त बाटो खुल्ला गरिने उने जानकारी दिए । सडक सञ्जाल नजोडिएका कारण चुमनुव्री गाउँपालिकामा दैनिक उपभोग्य सामग्री खच्चडबाट ढुवानी हुने गर्छ ।

निर्माण सामाग्री ढुवानीको मुख्य वहाक पनि खच्चड नै हो । बाटो बन्द हुदाँ नागरिकलाई पर्न जाने असरप्रति पालिकाले क्षमा याचनासमेत गरेको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?