Comments Add Comment

रहेनन् तयारी पोसाक संघका अध्यक्ष उदय पाण्डे

२५ मंसिर, काठमाडौं । नेपाल तयारी पोसाक संघका अध्यक्ष उदयराज पाण्डेको बिहीबार निधन भएको छ । दिल्लीमा उपचार गराइरहेका उनको त्यहीँ निधन भएको हो ।

स्वर्गीय पाण्डे लामो समयदेखि क्यान्सरका विरामी थिए । उनी नेपाल उद्योग वाणिज्य महासंघको निर्वाudaya-raj-pandey-finalचनमा गम्भिर विरामी भएका थिए । वस्तुगत संघतर्फबाट महासंघको उपाध्यक्षमा उठेपनि उनी भोट हाल्न समेत आउन सकेका थिएनन् ।

टाउकोमा क्यान्सरले समातेपछि उनको पहिलो चरणको सफल अप्रेसन भएको थियो । पहिलो चरणको अप्रेसन भएपछि उनलाई डाक्टरले बेड रेष्ट गर्न सुझाव दिएका थिए ।

महासंघको चुनावताका उनलाई डाक्टरले बेड रेष्टको सुझाव दिएको हुँदा प्रचार-प्रसारमा समेत संलग्न भएनन् ।  उनी महासंघको चुनाव विचमै छाडेर पुनः उपचारका लागि दिल्ली जानु परेको थियो । उनी महासंघ कार्यकारिणी समितिमा निर्वाचित भएका थिए ।

पाण्डेको दोस्रो चरणको अप्रेसन हुँदा-हुँदै मृत्यू भएको बुझिन आएको छ । उनी अत्यन्त भद्र, सरल र कसैलाई पनि नबिझाउने खालका थिए । सिरिन ग्रामेन्टका सञ्चालक उनी दुई कार्यकाल तयारी पोसाक संघको अध्यक्ष भए । उनी संघमा सहसचिवबाट प्रवेश गरेका थिए ।

नेपालको तयारी पोसाक निर्यात व्यापारमा पाण्डेको नाम अग्रपंक्तिमा आउँछ । अमेरिकी सरकारले नेपाललाई तयारी पोसाकमा उपलब्ध गराउँदै आएको कोटा खारेज गरेपछि नेपालको निर्यात निकै खस्किएको थियो । त्यति बेला पाण्डेले यूरोप तथा अन्य मुलुकको बजार खोजेर नेपाली तयारी पोसाक निर्यात बढाउन ठूलो भूमिका खेलेका थिए ।

साथै, उनी अमेरिकामा गुमेको बजार पाउनका लागि पनि निकै संघर्ष गरेका व्यक्ति हुन् । तयारी पोसाकको निर्यात खस्कँदा अन्य व्यवसायीहरुले त्यसबाट हात निकाले पनि पाण्डे आफ्नो उद्यमलाई निरन्तरता दिँदै नयाँ बजारको खोजीमा रहिरहे ।

उनीसँग विश्व व्यापार संघ, ड्यूटी फ्रि सुविधा, एलडिसी मुलुकको अवस्थाका बारेमा पनि राम्रो जानकारी थियो । उनले निर्यात व्यापार बढाउन सहयोगी भूमिका खेलेवापत नेपाल सरकारबाट कमर्शियल इमोर्टेन्ट पर्सनको सम्मान समेत पाएको थिए ।

उनी सन् १९५९ अगष्ट २१ तारिखमा काठमाडौंमा जन्मिएका हुन् । उनका श्रीमति र एउटा छोरा एउटी छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment