Comments Add Comment

अर्थमन्त्री भन्छन- अब नेपाली युवा कामका लागि बिदेश जानु पर्दैन

Artha mantri२५ मंसिर काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले अब नेपाली युवाहरु विदेश जानु नपर्ने बताएका छन । लमजुङ दुराडाडास्थित श्रीपाणिनी संस्कृत माध्यमिक विद्यालयको ४६औं बाषिर्कोत्सवका अवसरमा बोल्दै मन्त्री महतले यस्तो बताए ।

युवाहरुलाई रोजगारी दिन सरकारले ६ प्रतिशतको सस्तो व्याजमा कृषि कर्जाको व्यवस्था गरेको जानकारी दिए । रुद्राक्ष बिक्री गरेर र अमि्रसो बेचेर लाखौं आम्दानी गर्नेहरु देशभित्रै भएको उनले सुनाए ।

‘पशुपालन र तरकारी उत्पादन गरौं । बजारसम्म जानका लागि मोटरबाटो बनिसकेको छ । अव उत्पादन मात्र गरे पुग्छ ।’ महतले भने -‘नेपाल भौगोलिक विविधताले भरिएको मुलुक भएकोले यहाँ हरेक किसिमका कृषि उपजहरु उत्पादन हुन सक्छन । अहिले ज्ञान र प्रविधि छ । बजारसम्म पुर्‍याउन मोटरबाटो पनि छ । मात्र खेती गर्ने जाँगर चाहिएको छ ।’

जनताका आकांक्षाहरु पूरा गर्न मुलुक अव आर्थिक एजेण्डामा केन्दि्रत भएर लाग्नुपर्ने उनले बताए । खोलानालाबाट बगिरहेको पानीबाट बिजुली निकालेर आफ्नो आवश्यकता पूरा गर्ने र बढी भएको निर्यात गरी व्यापारघाटा घटाउन सरकार प्रयत्नशील रहेको उनले बताए । यसका लागि सरकारले दूरगामी महत्वका निर्णयहरु समेत गरिरहेकोसमेत उनले जानकारी दिए ।

‘मुलुक अव पछाडि फर्किन सक्दैन । बन्द हड्ताल गर्ने संस्कृति सँधैका लागि बन्द नै हुनुपर्छ ।’ उनले भने -जनताको चाहना पनि समृद्धि भएकोले यसका विरुद्ध कसैले जानुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment