Comments Add Comment

खाद्यान्न परीक्षण प्रयोगशाला वैशाखदेखि सञ्चालनमा आउने

२६ मंसिर, काठमाडौं । खाद्य वस्तुको गुणस्तर परीक्षण गरिने ‘आधुनिक खाद्य प्रयोगशाला’ आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ ।

नेपाल खाद्य संस्थान, जिल्ला विकास समिति, काठमाडौँ र भारतीय दूतावासको सहकार्यमा सञ्चालनमा ल्याउन थालिएको सो प्रयोगशाला भवनको करिब ९५ प्रतिशत काम सकिसकेको अवस्थामा अबको पाँच/६ महिनामा सञ्चालनमा आउने खाद्य संस्थानका प्रवक्ता नवराज उपाध्यायले जानकारी दिए ।

‘भद्रकाली प्लाजास्थित खाद्य संस्थान नजिकै रहेको भवन निर्माण कार्य लगभग सकिसकेको छ, अब प्रयोगशालालगायतका उपकरण ल्याउने बारेमा तीनवटा निकायबीच सहकार्य भइरहेको छ’ उनले भने ।

आजभन्दा दुई वर्षअगाडि प्रयोगशाला सञ्चालनमा ल्याउनका निम्ति खाद्य संस्थानले जग्गा/जमिन र आवश्यक जनशक्ति तयार गर्ने, जिल्ला विकास समितिले भवन निर्माण गर्ने र भारतीय राजदूतावासले प्रयोगाशालासहित आवश्यक उपकरणहरू जुटाएर सरकार अर्थात् खाद्य संस्थानलाई हस्तान्तरण गर्ने सहमति भएको छ ।

सो प्रयोगशालालाई वर्षदिनभित्रमै प्रयोेगमा ल्याउने सहमति भए पनि विविध कारणवश अहिलेसम्म सञ्चालनमा आउन नसकेको हो । खाद्य संस्थानका अनुसार भवन निर्माणको निम्ति जग्गाको व्यवस्था खाद्य संस्थानले गर्ने भवन निर्माण गर्न आवश्यक साढे दुई करोड रुपैयाँ जिल्ला विकासले सहयोग गर्ने र बाँकी साढे दुई करोड रुपैयाँबराबरको दूतावासाले प्रयोगशालासहितको उपकरणको व्यवस्था गरिदिने समेत सहमति भएको छ  ।

सो प्रयोगशालामा मानिसले खाने कुनै पनि खाद्यान्न वा अन्य वस्तुहरू खान योग्य छ वा छैन भन्ने पत्ता लगाउन परीक्षण गर्न सकिन्छ । प्रवक्ता उपाध्यायका अनुसार खाद्य संस्थामा भएका खाद्य वस्तुका साथै बाहिरबाट सर्वसाधारणले परीक्षण गर्न ल्याएको खण्डमा पनि शुल्क तिरेर  परीक्षण गराउन सकिने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment