चलचित्र ‘बिर्खेलाई चिन्छस्’का निर्माता तथा कलाकार सुवास थापाले अहिलेका चल्तीका नायक आर्यन सिग्देललाई गम्भिर प्रश्न सोझाएका छन् । पछिल्लो समयमा आर्यन एक्सन शैलीमा उत्रिएपछि उनले टिप्पणी गर्दै उनको पहिचान खोजेका हुन् ।
सुवासले अनलाइनखबरसँग भने–‘फ्यान हुनु आफैमा राम्रो हो । तर, आर्यन नेपाली कलाकार पनि हुन् । सलमानको ब्रासलेट र साहरुखको अभिनय गर्दा उनको पहिचान खोई त ?’
उनले नेपाली कलाकारको पनि आफ्नै पहिचान भएको भन्दै त्यसलाई गुमाउन नहुने बताए । अरुकै अभिनय र अरुकै स्टाइल चोर्दा हामी कलाकारलाई दर्शकले नपत्याउने उनको तर्क छ ।
उनले अवार्ड पाउने वित्तिकै राम्रो कलाकार नहुने खुलाए । ‘अवार्ड पाउनु मात्र कलाकारिताको सिमा होइन, नपाउने नराम्रो कलाकार भन्न मिल्दैन’, सुवासले तर्क गरे । सुवासले साहरुख र सलमानकै नक्कल गर्ने हो भने आर्यनलाई किन हेर्ने, २ खानलाई नै हेर्दा भयो नि भन्दै ब्यङ्ग्य कसेका छन् ।
प्रतिक्रिया 4