Comments Add Comment

१२ मेगावाटको उपल्लो खिम्ती निर्माण गर्न पुँजी जुट्यो

Upper khamti२६ मंसिर काठमाडौं । हिमालय उर्जा विकास कम्पनी प्रवर्द्धक रहेको १२ मेगावाट उत्पादन क्षमताको उपल्लो खिम्ती जलविद्युत आयोजना निर्माणका लागि पुँजी जुटेको छ ।

नविल बैंकको नेतृत्वमा चार वटा बैंकले सहवित्तीयकरणमार्फत आयोजनामा १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने सम्झौता भएको कम्पनीका प्रवन्धक प्रकाश दुलालले जानकारी दिए ।

यही मंसिर २३ गते आयोजनाको वित्तीय व्यवस्थापन समापन सम्पन्न भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा कम्पनीका कार्यकारी अध्यक्ष्य हरि पाण्डे र नविल बैंकका प्रोजेक्ट फाइनान्सिङ म्यानेजर यज्ञप्रसाद शर्माले हस्ताक्षर गरे ।

नविल बैंकले ४५ करोड, नेपाल बैंकले ४० करोड, एभरेष्ट बैंकले ४० करोड एस डेभलपमेन्ट बैंकले १८ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ ।

प्रवन्धक दुलालका अनुसार आयोजनाको कूल लगानी १ अर्ब ९१ करोड ४० लाख रुपैयाँ लगानी छ । कूल लगानीको २५ प्रतिशत अर्थात ४७ करोड ८५ लाख इक्वीटी (स्वपुँजी)मार्फत लगानी गरिने छ । इक्वीटीमध्ये ३१ करोड १० लाख संस्थापक सेयरधनीबाट र सर्वसाधारण सेयर जारी गरी १६ करोड ७५ लाख रुपैयाँ उठाइने छ ।

सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत स्थानीयबासीलाई प्रदान गरिने दुलालले बताए ।

Upper khamti2२०७४ साल मंसिरभित्र आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । २०६७ माघ ९ गते नेपाल विद्यत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो । २०६९ पुस ३ गते आयोजनाले विद्युत उत्पादन अनुमतिपत्र पाएको थियो ।

दोलखाको श्यामा गाविस र रामेछापको चुचुरे गाविसको सीमा भएर बग्ने खिम्ती खोलामा निमार्ण गरिने आयोजनाका सम्पूर्ण भौतिक संसचनाहरु चुचुरे गाविसमा रहनेछन ।

साढे ३ किलोमिट प्रसारणलाई आफैं निर्माण गर्ने

प्रसारणलाईन निर्माण गर्नु राज्यको दायित्व भएपनि कम्पनीले विद्युतगृह (पावरहाउस) देखि सब-स्टेसन गर्जाङसम्म साढे ३ किलोमिटर प्रसारणलाई आफैं निर्माणा गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको रामेछाप-खिम्ती-गर्जाङ १ सय ३२ केभी विद्युत प्रसारणनको गर्जाङ सबस्टेसनमा विद्युत प्रवाह गर्नेगरी कनेक्सन एगि्रमेन्ट भएको कम्पनीले जनाएको छ ।

अपर खिम्तीको वित्तीय व्यवस्थापन छिट्टै

हिमालय उर्जा विकास कम्पनीले नै निर्माण गर्न लागेको अर्को आयोजना ७ मेगावाटको अपर खिम्तीको वित्तीय व्यवस्थापन पनि चाँडै हुने कम्पनीले जनाएको छ ।
‘उपल्लो खिम्तीमा लगानी गर्ने बैंकहरुले नै अपर खिम्तीमा पनि ९० करोड रुपैयाँ लगानी गर्ने सैद्धान्तिक सहमति भइसहेको छ’ प्रवन्धक दुलालले भने -‘आगामी फाूनभित्रै वित्तीय व्यवस्थापन सम्पन्न गर्ने तयारी भइरहेको छ ।’
उक्त आयोजनाको कूल लगानी १ अर्ब १९ करोड लाख रुपैयाँ रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment