Comments Add Comment

शाहरुखलाई पछार्दै सलमान बने भारतका सर्वाधिक धनी कलाकार

salman-khanप्रतिद्वन्दी शाहरुख खानलाई पछि पार्दै सलमान खान सन् २०१४ का सर्वाधिक धनी भारतीय कालाकार बनेका छन् ।
फोर्ब्स पत्रिकाले हरेक बर्ष प्रकाशन गर्ने भारतका धनी कलाकारको सूचीमा सलमान यो बर्ष पहिलो स्थानमा उक्लिएका हुन् । कलाकारको आम्दानी र लोकप्रियतालाई आधार मानी सूची प्रकाशन गर्दछ ।

अघिल्ला दुई बर्ष लगातार नम्बर एकमा रहेका शाहरुख यो बर्ष नम्बर ३ मा झरेका छन भने अघिल्लो बर्ष नम्बर पाँचमा रहेका अमिताभ बच्चन यो बर्ष नम्बर दुईमा उक्लिएका छन् । नम्बर चारमा क्रिकेटर महेन्द्र सिंह धोनी, पाँचमा अक्षयकुमार, ६ मा बिराट कोहली र सात नम्बरमा आमिर खान सूचीकृत भएका छन् ।
forbes-celebrity-100_2014टप टेनभित्र परेकी एकमात्र महिला दीपिका पादुकोण कट्रिना कैफलाई प्रतिस्थापन गर्दै नम्बर ८ मा परेकी छिन भने ९ मा ऋतिक रोशन र दशमा सचिन तेन्दुलकर परेका छन् ।

फोर्ब्सका अनुसार यो बर्ष सलमान खानले २४४.५ करोड भारतीय रुपैयाँ कमाउँदै एक नम्बरमा उक्लिएका हुन् । दोस्रोमा नम्बरमा रहेका अमिताभले १९६ करोड कमाएका छन भने शाहरुखले २०२ करोड कमाएका छन् ।

शाहरुख तेस्रो नम्बरमा झर्नुको कारण प्रष्टाउँदै फोब्र्सले भनेको छ- समिक्षा अबधिमा शाहरुखका कुनै पनि फिल्म रिलिज भएनन् भने सलमानका जय हो र किक गरी दुई फिल्म रिलिज भए ।’

फिल्म रिलिज नहुँदा पनि शाहरुखले ब्राण्ड एम्बासडरबापत २०२ करोड कमाउन सफल रहेको फोब्र्सले जनाएको छ । यो अबधिमा रणवीर कपुरले ९३ करोड कमाए भने कट्रिनाले ३९ करोड कमाइन् । प्रियंका चोपडाले ५४ करोड कमाए भने कमेडिन कपिल शर्माले १२ करोड कमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment