मुम्बई । पछिल्लो समय बलिउडमा चर्चामा आएकी नायिका श्रद्धा कपुरको सामाजिक सञ्जाल ट्वीटरमा फलोअर्सको संख्या १० लाख पुगेको छ ।
बलिउडकर्मीहरु यो वर्ष श्रद्धा कपुरका लागि निकै राम्रो भएको बताउँछन् । उनका फिल्म ब्यबसायिक रुपमा सफल त छन् नै, श्रद्धाले निर्वाह गरेको चरित्र राम्रो भएको टिप्पणी गर्नेहरु धेरै छन् ।
आफुलाई पछ्याउनेहरु बढेकोमा खुसी ब्यक्त गरेकी श्रद्धाले आगामी दिनमा अझै राम्रो फिल्म खेल्ने योजना बनाएकी छिन् । शहीद कपुरको हिरोइन बनेर हैदरमा काम गरेकी उनको ‘एबीसिडी-२’ को सुटिङ भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4