Comments Add Comment

दुई वर्षमा साढे १२ अर्ब पुनःकर्जा

money१ पुस काठमाडौं । आर्थिक वर्ष २०६९/७० को तुलनामा गत आव २०७०/७१ मा पुन:कर्जा प्रवाह करीब सवा २ गुणाले बढेको छ । पुनःकर्जाको क्षेत्र विविधिकरण, सस्तो ब्याजदर र प्रक्रियागत सहजीकरण गरेपछि पुनःकर्जा बढेको हो ।

‘प्रक्रिया सहज बनाएपछि पुन कर्जा बढेको हो’ राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले अनलाइनखबरसँग भने -‘उत्पादनमुलक र निर्यातजन्य क्षेत्रमा पुनःकर्जाको माग धेरैले बढेको छ ।’

आर्थिक वर्ष २०७०/७१ को अन्त्य सम्ममा जलविद्युत्, कृषि, उत्पादनमूलकतर्फ पुनः कर्जा अन्तरगत ४ अर्ब ७८ करोड रुपैयाँ र निर्यात पुनःकर्जा अन्तरगत २ अर्ब ९७ करोड रूपैयाँ गरी कुल ७ अर्ब ७५ करोड रूपैयाँ प्रवाह भएको राष्ट्र बैङ्कले जनाएको छ ।

आव २०६९/७० को अन्त्य सम्ममा साधारण पुनरकर्जा अन्तरगत २ अर्ब ७४ करोड रुपैयाँ र निर्यात पुनःकर्जा अन्तर्गत ७१ करोड रुपैयाँ गरी कुल ३ अर्ब ४५ करोड रुपैयाँ प्रवाह भएको छ ।

राष्ट्र बैङ्कका अनुसार चालू आवको असोज मसान्तसम्ममा राष्ट्र बैङ्कले साधारण पुनःकर्जा अन्तरगत ५६ करोड ९२ लाख रुपैयाँ र निर्यात पुनरकर्जा अन्तरगत ६९ करोड रुपैयाँ प्रवाह भएको छ ।

सो अवधिमा केही वाणिज्य बैङ्क, एक दर्जन विकास बैङ्क र आघा दर्जन बढी फाइनान्स कम्पनीले साधारण पुनःकर्जा सुविधा लिएका छन् । निर्यात पुनःकर्जा अन्तरगत करीब आधा दर्जना बढी वाणिज्य बैङ्कले यस्तो सुविधा लिएको राष्ट्र बैङ्कले बताएको छ । साधारण पुनःकर्जा बाहेक अन्य पुनरकर्जाहरु वाणिज्य बैङ्कले मात्र प्रवाह गर्न पाउने व्यवस्था छ ।

यद्यपि, गत वर्ष पनि विशेष पुनरकर्जा -रूग्ण उद्योग, घरेलु तथा साना उद्योग, महिलाद्वारा सञ्चालित व्यवसाय र वैदेशिक रोजगारीका लागि तोकिएको वर्ग एंव तोकिएको समुदायद्वारा सञ्चालित साना व्यवसाय आदि) शिर्षकमा यस्तो कर्जा प्रवाह भएको छैन । राष्ट्र बैङ्कले ती क्षेत्रमा पनि पुनःकर्जा सुविधा सुरु गरे पनि विविध कारणले कर्जा प्रवाह हुन नसकेको बैङ्कहरूले बताएका छन् ।

त्यसको अर्थ गत आवमा जलविद्युत् बाहेक अन्य क्षेत्रमा पुनरकर्जा प्रवाह भएको थिएन । स्रोतका अनुसार यो अवधिमा जलविद्युत् क्षेत्रमा ठूलो परिणाममा कर्जा प्रवाह गर्ने उद्देश्य राष्ट्र बैङ्कले लिए पनि बैङ्कहरूबाट धरै माग नै नआएकाले पुरा हुन नसकेको हो ।

बैङ्क तथा वित्तीय संस्थाले बढीमा ६ महीनाका लागि जलविद्युत् यस्तो सुविधा लिनसक्ने व्यवस्था छ । जलविद्युत् क्षेत्रमा प्रायः दीर्घकालिन प्रवृतिको कर्जा प्रवाह गर्नुपर्ने तर राष्ट्र बैङ्कबाट प्राप्त हुने पुनरकर्जाको अवधि ६ महिना मात्र भएकाले त्यसतर्फ वाणिज्य बैङ्कहरूको खासै आकषिर्ण देखिएको थिएन । यद्यपि, पछिल्ल्ाा वर्षहरूमा जलविद्युतमा बैङ्कहरूको लगानी बढ्दै गएको छ । सोही कारण सो क्षेत्रमा पुनःकर्जा प्रवाह पनि बढेको छ ।

चालू आवको मौदि्रक नीतिमार्फत राष्ट्र बैङ्कले कृषि, जलविद्युत, पशुपंक्षी एवम् मत्स्यपालन व्यवसाय र तोकिएका अन्य उत्पादनशील क्षेत्रको लागि कायम रहेको पुनरकर्जा दर ५ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरेको थियो । तर, अन्य पुनरकर्जा दरहरु भने यथावत नै राखिएको छ । विद्यमान व्यवस्था अनुसार बैङ्क तथा वित्तीय संस्थाले वाषिर्क ५ प्रतिशत ब्याजदरमा साधारण पुनरकर्जा पाउदै आएका छन । सो कर्जालाई उनीहरूले बढीमा वाषिर्क ९ प्रतिशतसम्ममा लगानी गर्न सक्नेछन् ।

अघिल्लो आवमा साधारण पुर्नरकर्जा अन्तरगत वाषिर्क ६ प्रतिशतमा बैङ्क तथा वित्तीय संस्थाले यस्तो सुविधा लिदै आएका थिए भने उनीहरूले बढीमा १० प्रतिशत सम्ममा लगानी गर्न सक्ने व्यवस्था रहेको थियो । यस्तै, विशेष पुनरकर्जा अन्तरगत राष्ट्र बैङ्कले बैङ्कहरूलाई वाषिर्क १ प्रतिशत ब्याजदरमा त्यस्तो सुविधा दिदै आएको छ । यस्तो कर्जा अन्तरगत बैङ्कहरूले ग्राहकबाट बढिमा वाषिर्क ४ दशमलव ५ प्रतिशतसम्म ब्याज उठाउन सक्छन् । अघिल्लो वर्षको तुलनामा यो पनि १ प्रतिशले कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment