+
+
Shares

लुम्बिनीको मायादेवी मन्दिरमा पुष्परोपण

१ पुस, लुम्बिनी । लुम्बिनी क्षेत्रलाई हरियाली बनाउने उद्देश्यसहित मायादेवी मन्दिर परिसरमा पुष्परोपण गरिएको छ ।

सातौँ राष्ट्रिय पुष्प दिवसको अवसरमा मन्दिर परिसरमा लुम्बिनी पुष्प व्यवसायी सघं, पुष्प उत्पादक सघं नेपाल, जिल्ला कृषि विकास कार्यालय रुपन्देही र लुम्विनी विकास कोषको सयुक्त आयोजनामा पुष्परोपण गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १ गते १०:४१

Lumbini
सलमान खान

१ पुस, लुम्बिनी । लुम्बिनी क्षेत्रलाई हरियाली बनाउने उद्देश्यसहित मायादेवी मन्दिर परिसरमा पुष्परोपण गरिएको छ ।

सातौँ राष्ट्रिय पुष्प दिवसको अवसरमा मन्दिर परिसरमा लुम्बिनी पुष्प व्यवसायी सघं, पुष्प उत्पादक सघं नेपाल, जिल्ला कृषि विकास कार्यालय रुपन्देही र लुम्विनी विकास कोषको सयुक्त आयोजनामा पुष्परोपण गरिएको हो ।

लुम्विनी विश्व शान्तिको मुहान रहेको र विश्वको वातावरण जोगाउने सन्देश पनि लुम्बिनीबाटै दिने उद्देश्यले पुष्परोपण गरिएको कार्यक्रम संयोजक रमेश पाण्डेले जानकारी दिए । संयोजक पाण्डेले पुष्प दिवस लुम्बिनीबाट सुरुवात भएका कारण प्रत्येक पुष्प दिवसमा लुम्बिनीमा पुष्परोपण गरि मनाइने गरेको बताए ।

जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारीले हरेक शुभकार्यमा फुलको आवश्यकता रहने तर त्यही फुल बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहेको भन्दै पुष्परोपण अभियानले स्वदेशमै फुलमा आत्मनिर्भर रहन सहयोग पुग्ने बताए । पुष्परोपण अभियानलाई अन्य स्थानहरुमा पनि बिस्तार गर्न सके पुष्पमा नेपाल आत्मनिर्भर बन्ने उनको भनाई थियो ।

लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ओम अर्यालले लुम्बिनीमा गरीएको पुष्परोपणले यहाँको शोभा बढाउनुको साथै बिश्वमा हरीयालीको सन्देश जाने जिकीर गरे ।

त्यस्तै, कोषका बनस्पती विभाग प्रमुख सब्बीर अहमद खानले लुम्बिनी क्षेत्रमा बृक्षहरु मात्र रोपेर नभई यहाँको सुन्दरता बढाउन पुष्प रोपण पनि जरुरी रहेको बताए । पुष्प र बृक्ष रोपणमा देखीने सक्रीयता जस्तै रोपेका बिरुवाको संरक्षणमा पनि सवैले ध्यानदिनु पर्ने उनले बताए । सो अवसरमा मायादेवि परिसरमा २ सय बढी फुल रोपिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?