मुम्बई । बलिउड सुन्दरी अलिया भट्टले भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी माथी बन्ने फिल्ममा अभिनय गर्ने भएकी छिन् ।
भारतीय संचारमाध्यमहरुले जनाएअनुसार अलियाले धोनीको श्रीमति साक्षीको भुमिका निर्वाह गर्ने भएकी छिन् । फिल्मको नाम रहेको छ ‘मि.धोनी द अन्टोल्ड स्टोरी’
चलचित्रमा धोनीको भुमिकामा शुसान्त राजपुतलाई अभिनय गराउने योजनामा निर्माण पक्ष रहेको छ ।
निर्देशक नीरज पाण्डेले साक्षीको भुमिकामा अलियाको प्रस्ताव गरे पनि निर्माण पक्षले स्वीकार भने गरिसकेको छैन ।
हाइ वे, २ स्टेट्स जस्ता फिल्ममा काम गरेकी अलिया पछिल्लो समय आएकामध्ये सबै भन्दा धेरै चर्चा पाउने नायिकाको रुपमा चिनिन्छिन् ।
शुशान्त र अलियाको अतिरिक्त यस फिल्ममा पाकिस्तानी कलाकार फवाद खानले पनि अभिनय गर्ने भएका छन् ।
जोन अब्राहम, गौतम गुलाटी र आफताब शिबदासीनिले पनि काम गर्ने भएका छन् ।
धोनी माथी बन्ने यस फिल्मको निर्देशन नीरज पाण्डेले गर्ने भएका छन्, पाण्डेले यसअअघि ‘ए वेडनेस र स्पेशल २६’ जस्ता फिल्म बनाएका थिए ।
सन २०१५ को प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मको पोष्टर २६ सेप्टेम्बरमा सार्वजनिक गरिने भएको छ ।
प्रतिक्रिया 4