+
+
Shares

पाकिस्तानकी नायिका साहरुखकी श्रीमती

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २ गते १०:१०

srk-and-mahira-khan
लामो समयदेखि मिडियामा साहरुखको नयाँ चलचित्र ‘रईस’मा को नायिका हुने भन्ने बिषयमा बहस नै चलेको थियो । संचारमाध्यमले विभिन्न अड्कल काटेर नायिकाको नाम सार्वजनिक गरिरहेका थिए ।

तर, सबै अड्कललाई गलत साबित गर्दै पाकिस्तानकी एक नायिकाको भाग्य चम्कने भएको छ । साहरुखसँग पाकिस्तानकी नायिका माहिरा खानले ‘रईस’मा काम गर्ने भएकी छिन् । चलचित्रमा माहिरा साहरुखकी श्रीमतीको भूमिकामा देखिदैछिन् ।

यसको निर्माणपक्षले विदेशी अनुहार खोजेकाले पनि माहिरा पक्का भएकी हुन् । माहिरले यसअघि चलचित्र ‘बोल’ मार्फत बलिउडमा आफ्नो पाइला राखेकी थिइन् । फरहान अख्तरले निर्माण गर्न लागेको यो चलचित्रमा साहरुख डनको भूमिकामा देखिदैछन् । साहरुखको एक्सन अवतारका कारण पनि यो चलचित्र सुरुवातदेखि नै चर्चामा छ । चलचित्रको निर्देशन राहुल ढोलकियाले गर्दैछन् ।

पाकिस्तानी सिरियल ‘हमसफर’ भारतमा प्रशारण भएपछि माहिराले चर्चा पाएकी थिइन् । साहरुखले माहिरासँग भेट गरिसकेका छन् । साहरुख हाल आफ्नो नयाँ चलचित्र ‘फ्यान’को छायांकनमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?