Comments Add Comment

पिकेको नग्नतामा अश्लिलता छैनः हिरानी

Rajkumar hirani
राजकुमार हिरानीले निर्देशन गरेको फिल्म ‘पिके’ शुक्रवारदेखि हलमा लागेको छ । फिल्म रिलिज नहुँदै हिरानी केही नर्भस थिए तर, प्रदर्शनको नतिजा राम्रो भएपछि उनी उत्साहित छन् ।
उनले पिकेको नग्नतामा कुनै अश्लिलता नभएको दावी गरेका छन् । उनले निर्देशन गरेको मुन्नाभाई एमबीबीएस, थ्री इडियट्स लगायतले निकै राम्रो ब्यापार गरेको थियो । फिल्म समिक्षकको भनाई अनुसार उनको फिल्ममा मनोरञ्जनको साथै शिक्षा समेत हुन्छ । उनै निर्देशकसँग एजेन्सीले गरेको कुराकानी:
पिकेको पोष्टरमा एउटा पुरानो रेडियोसँगै नग्न अवस्थामा अमिर खानलाई प्रस्तुत गर्दा निकै आलोचना भयो नि ?
पोष्टरमा नग्नता देखियो भन्ने मैले पनि सुनें । मलाई लाग्छ त्यो नग्नतामा कुनै अश्लिलता छैन । पोष्टर फिल्मको प्रतिक हो । कतिले यो पनि भने ‘सन १९७३ को म्युजिक एल्बम ज्याकेटवाट नक्कल गर्‍यो । एल्बम ४० वर्ष पुरानो थियो भने त्यो पोष्टरलाई ‘न्युड’ भन्न मिल्दैन । नग्नता र अश्लिलता फरक कुरा हो ।
११ वर्षको निर्देशन यात्रामा ‘पिके’ तपाइको चौथो फिल्म हो । सन २००९ मा रिलिज भएको थ्री इडिएट्सपछि लामो ब्रेक लिनु भयो किन ?
म लामो समयसम्म निर्देशनमा नआएको कुरा साँचो हो । तर, बिदा मनाएर बसेको भने होइन । यो विचमा म पिकेकै काममा ब्यस्त थिँए । कुनै पनि फिल्म बनाउन कम्तिमा साढे दुई वर्ष लाग्छ । एकदेखि डेढ वर्ष त स्क्रिप्ट लेख्नमै समय लाग्छ । तर, पिकेको सवालमा केही बढी समय लागेको हो । आगामी दिनमा समयको पनि ख्याल गर्ने छु ।
हलिउडका धेरै फिल्म हेर्नुहुन्छ भन्ने सुनिन्छ । तपाइका फिल्म लेखक अभिजित जोशीलाइ सन २०१० मा रिलिज भएको हलिउड फिल्म ‘इन्सेप्सशन’ हेर्ने सल्लाह दिईएको थियो । के पीके यस्तै फिल्म हो ।
म अहिले पिकेको वारेमा केही भन्न सक्दिन । यति हो कि फिल्म हेरेर दर्शकले पुरै मनोरञ्जन लिन सक्छन् । इन्सेप्सन मैले पनि हेरेको थिँए । फिल्म राम्रो लागेको थियो तर, हाम्रो फिल्म कुनै अंग्रेजी वा हिन्दी फिल्मवाट प्रभावित भएको छैन ।

pk poster
तपाई प्राय सञ्जय दत्त, अमिर खान र विधु विनोद चोपडासँग काम गर्नुहुन्छ किन ?
सन २००३ मा जब मुन्नाभाई एमबीबीएस प्रदर्शन भयो त्यसपछि मलाई अरु केही निर्माताले कामका लागि प्रस्ताब गरे । तर, तिनसँग गतिलो स्क्रिप्ट थिएन । म चाहन्थें फिल्म बनाउन भन्दा पहिला राम्रो स्क्रिप्ट खोज्नुपर्छ ।
अर्को कुरा कतिपय निर्देशक फिल्म सुटिङ सुरु भएपछि नसकिउन्जेल निर्देशकसँगै नजिक हुन खोज्छन्, तर, मलाई त्यस्तो मन पर्दैन । बिधु विनोद चोपडा मात्रै यस्ता ब्यक्ति हुन् जसले कहिल्यै कुनै हस्तक्षेप गर्दैनन् । सञ्जय र अमिरको हकमा उनिहरु अलि बढि क्रिएटिभ छन् मेरो कुरो पनि मिल्छ । काम गर्न निकै सजिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment