Comments Add Comment

सोमबारका छापामा मुख्य खबर

सोमबार राजधानीबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले गुडिरहेको यात्रुबाहक बसमा ११ हजार भोल्टेज करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
राजधानीले पार्टीको नजरमा एमालेका मन्त्रीहरु योग्य नदेखिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले शीतलहरमा रिक्साचालकले कपडा बाँड्दै गरेको, कलिलैमा ब्लड क्यान्सर भएका बालबालिकाको बोनम्यारो पत्यारोपण हुने आश रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले दूधको मूल्य प्रतिलिटर आठ रुपैयाँ बढाउने सरकारी तयारी रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले दलहरु आरोप प्रत्यारोपमा व्यस्त भएको, सहुलियत दिनुपर्ने बाहनामा माइक्रोबसले विद्यार्थीको पिक आवरमा सेवा अवरुद्ध बनाएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment