+
+
Shares

प्रियंका चोपडा र शहिद कपुर सर्वोत्कृष्ट (फोटो कथा)

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ७ गते ९:०६

big satra award (10)
मुम्बई । वर्ष २०१४ सकिन केही दिन मात्रै बाँकी छ । यही बिचमा यो वर्ष कुन कलाकारले के कति उपलब्धी हात पारे हिसाब किताब गर्ने क्रम सुरु भएको छ ।
अवार्डले बलिउड कलाकारको स्तर निर्धारण गर्ने भएकाले अवार्डलाई विषेश महत्व दिन्छन् कलाकर्मीहरु । बिग स्टार इन्टरटेनमेन्टले मुम्बईमा आयोजना गरेको अवार्ड कार्यक्रम निकै भब्य भयो ।
बलिउडका तमाम हस्तिहरुको उपस्थिती थियो कार्यक्रममा । चलचित्र ‘मेरी कोम’वाट अभिनेत्री प्रियंका चोपडाले मष्ट इन्टरटेनिङ फिमेल एक्टर इन सोशल ड्रामा र फिमेल एक्टर (फिल्म) गरी दुर्इ अवार्ड पाईन् । अभिनेता शाहिद कपुरले ‘हैदर’वाट माष्ट इन्टरटेनिङ एक्टर सोसल ड्रामाको अवार्ड पाए ।
कार्यक्रममा ‘एक भिलेन’ लाई मष्ट इन्टरटेनिङ थ्रिलर फिल्म र ‘मेरी कोम’ लाई मष्ट इन्टरटेलिनङ सोसल ड्रामा फिल्मको अवार्ड प्रदान गरिएको थियो । त्यस्तै फिल्म ‘हैदर’ले मष्ट इन्टरटेनिङ फिल्म अफ द इयरको अवार्ड समेत पायो ।

big satra award (2)
अभिषेक बच्चनले ‘ह्याप्पी न्यु इयर’वाट वेष्ट एक्टर इन कमेडी अवार्ड पाए । ‘हंसी तो फसी’ मा अभिनय गरेका सिद्धार्थ मल्होत्राले मष्ट इन्टरटेनिङ मेल एक्टर इन रोमान्टिक अवार्ड पाए ।
अर्का नायक रितेश देशमुखले ‘एक भिलेन’वाट मष्ट इन्टरटेनिङ मेल एक्टर इन थ्रीलर अवार्ड पाए । किक वाट ज्याकलिन फर्नाडसलाइ चित्ताकर्षक डान्सका लागि मष्ट इन्टरटेनिङ डान्सको अवार्ड दिइयो भने ‘गुण्डे’वाट अर्जुन कपुरलाई मोष्ट इन्टरटेलिङ मेल एक्टर इन एक्सनको अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा अभिताभ बच्चन, जितेन्द्र, मनिषा कोइराला देखी अलिया भट्ट समेतको उपस्थिती थियो । सोनाक्षी सिन्हा, सलमान खान लगायतले विभिन्न आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

big satra award (1) big satra award (3) big satra award (4) big satra award (5) big satra award (6) big satra award (7) big satra award (8) big satra award (11) big satra award (12)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?