अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमति मिशेल ओबामाको प्रेमकथामाथि चलचित्र बन्ने भएको छ ।
‘साउथ साइड वीथ यु’ नाम राखिएको उक्त चलचित्रमा उनीहरुको प्रेम कथा, रोमान्स, बिबाह जस्ता प्रसङ्ग समावेश हुनेछन् ।
ओबामा राष्ट्रपति भएपछिका प्रसंगलाई समेत चलचित्रमा विशेष शैलीमा प्रस्तुत गर्ने निर्माण संस्था होमग्राउन प्रोडक्सन हाउसले जनाएको छ ।
फिल्ममा मिशेल ओबामाको भुमिकामा नायिका टिका सुमन्टर अनुबन्ध भएकी छिन् । ओबामाको भुमिकाका लागि नायकको खोजी भइरहेको छ ।
सन २०१५ जुनदेखि सिकागोमा छायाङ्कन गरिने यस चलचित्रमा ओबामा र मिचेलको पहिलो भेट कहाँ भएको थियो भन्नेसमेत देखाइने भएको छ ।
सन १९८१ मा बाराक र मिशेलको पहिलो भेट भएको थियो भने तीन वर्ष लामो प्रेमपछि उनीहरुले बिबाह गरेका थिए । उनीहरुका दुई छोरी छन् ।
तस्वीर क्याप्सः मिशेल ओबामाको भूमिका पर्दामा देखिने तयारीमा रहेकी टीका सुमन्टर ।
प्रतिक्रिया 4