नायक जीवन लुइटेल अमेरिका हानिएका छन् । एक महिनाका लागि उनी अमेरिका र क्यानडा हानिएका हुन् । जीवनको हातमा यतिबेला चलचित्र छैन । उनी फागुन महिनामा चलचित्र ‘तीन घुम्ती’मा अभिनय गर्ने तयारीमा छन् । बर्षमा धेरै चलचित्र खेलेपछि असफलताको स्वाद चाखेका जीवनले अब सिमित चलचित्र मात्र खेल्ने बताएका छन् ।
जीवनले अमेरिकामा ‘ठूली’ चलचित्रको विशेष शोमा सहभागी हुने जानकारी दिएका छन् । यस्तै, करिब १५ दिन बसेपछि उनी क्यानडा पुग्नेछन् ।
नेपाली चलचित्र क्षेत्रका चर्चित नायक लुइटेल अमेरिका प्रस्थान गर्दै गर्दा उनका प्रतिस्पर्धी नायक आर्यन सिग्देल भने दर्जन चलचित्रमा अभिनय गर्न व्यस्त छन् ।
जीवनको अब चैत्रमा ‘धुन’ र ‘भुल भूलैया’ चलचित्र प्रदर्शनमा आउँदैछ । उनी मंगलबार राती अमेरिकातर्फ प्रस्थान गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4