+
+
Shares

करिष्माको हिरो बन्ने सत्यराजको धोको

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ९ गते १२:४७

satya-and-karisma
अभिनेत्री करिष्मा मानन्धरको सौन्दर्यवाट निकै प्रभावित छन् गायक सत्यराज आचार्य । ‘यदि उमेर मिल्थ्यो भने कुनै चलचित्र एवं भिडियोमा म करिश्मा दिदीको हिरो बनेर अभिनय गर्थे होला ।’ सत्यले आफ्नो सुसुप्त चाहना खुलाए ।

‘अझै पनि आशावादी छु । कम उमेरको पुरुष र बढी उमेरकी महिलाविच प्रेम भएको कथामा फिल्म बन्यो भने पक्कै मैले मौका पाउँछु होला ।’
करिष्मा बाहेक झरना बज्राचार्य र नम्रता श्रेष्ठको अभिनयवाट पनि प्रभावित छन् उनी । यी नायिकाहरु त उनकै उमेरका छन् अभिनय गर्दा सुहाउँछ जस्तो लाग्छ उनलाई ।

त्यसो त झरना र नम्रताको अभिनयवाट पनि प्रभावित छन् सत्यराज । उनलाइ झरना र नम्रतासँग अभिनय गर्ने रहर पनि छ । स्वर र संगीतको क्षेत्रमा अब्बल पहिचान बनाएका गरेका सत्यराजले अभिनयमा पनि गहिरो प्रभाव छाडे ।
उनकै पिता भक्तराज आचार्यको जीबनकथा माथि बनाइएको फिल्म ‘आचार्य’ मा नायकको भुमिका निर्वाह गरेका थिए उनले । फिल्म हेर्नेहरु धेरैले सत्यको अभिनयको तारिफ गरेका थिए ।

उनले तारिफ योग्य काम गरेपनि आचार्य ब्यबसायिक हिसाबमा सफल हुन सकेन । तर, पनि सत्यराजको बजार भने निकै फराकिलो भयो । उनलाइ सम्झना छ ‘आचार्य रिलिज भएपछि धेरै निर्माता अभिनयको प्रस्ताव लिएर आए ।’
आचार्यवाट पाएको रेन्सपोन्सले अभिनयवाट उत्साहित भएका सत्यराज  अभिनयलाइ पनि नीररन्तरता दिने योजना बनाएका थिए । तर, उनको योजना पुरा हुने छाँटकाँट छैन ।
कारण उनले चाहे जस्तो स्त्रिmप्ट भेटेकै छैनन् । आचार्य खेल्ने क्रममै उनले बुझे ‘एउटा फिल्म राम्रो हुनका लागि के के चाहिन्छ ।’ कुनै पनि फिल्म हिट बनाउने विभिन्न अस्त्र मध्ये स्त्रिmप्ट नै, महत्वपूण हो भन्ने बुझेका सत्य स्त्रिmप्ट पढेर मात्रै काम गर्न चाहन्छन् । यही क्रममा थाह पाए नेपाली फिल्म कमजोर हुनुको कारण ।

उनको बुझाइमा धेरै निर्देशक आफुले स्त्रिmप्टमा लेखेको कुरा फेर्ने मान्दैनन् ‘केही स्त्रिmप्ट पढें स्त्रिmप्ट चित्त नबुझेर केही सुझाब दिंए तर, मेरो सुझाबलाइ निर्देशकहरुले सकारात्मक रुपमा लिएनन् ।’

निर्देशकहरुले आफ्ना सुुझाबलाइ सकारात्मक रुपमा नलिएपछि फिल्मको मोह पनि त्यागेका रहेछन् । उनि भन्छन ‘राम्रो विषय पाए मात्रै खेल्छु मलाइ संख्या बढाउनु छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?