Comments Add Comment

रियालिटी शोमा चलचित्र प्रचार, देखिएनन् नायक-नायिका

miss-e-collage
फागुन १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अझै पनि’ले आफ्नो प्रचारलाई तिव्रता दिइरहेको छ । एक रियालिटी शोमा पुगेर कलाकार तथा निर्माताले यो चलचित्रको प्रचार गरेका छन् ।

टि्रनिटी इभेन्ट एण्ड मार्केटिङले आयोजना गरेको ‘मिस कलेज आइडल २०१४’को अन्तिम प्रतियोगीतामा निर्मात्री पूनम गौतम, नव-कलाकार सुरक्षा पन्त, कलाकार विशाल ढुंगाना र पुष्प खड्का पुगेका थिए ।

कार्यक्रममा चलचित्रको टिमलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा बोल्दै निर्मात्री गौतमले चलचित्र ‘अझै पनि’ले समाजका हरेक पाटोलाई समेट्दै परिवर्तनकारी चेतना फैलाउनुका साथै मनोरञ्जनको नारालाई समेत आत्मसाथ गरेको बताइन् ।

कार्यक्रममा चलचित्रका मुख्य दुई पात्र सुदर्शन थापा र पुजा शर्मा भने देखिएनन् । उनीहरु अर्को एक चलचित्रको छायांकनमा व्यस्त भएको भन्दै उपस्थित नभएका हुन् । स्वर्गिय आलोक नेम्वाङले निर्देशन गरेको अन्तिम चलचित्रले प्रेमको कथा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment