Comments Add Comment

‘कोहिनुर’ युट्यूबमा राख्नेलाई कारवाही हुन्छ : निर्देशक

kohinoor-sri-krishna-shrestha
एक सातासम्म युट्यूबमा पाइरेसी भएको चलचित्र ‘कोहिनुर’लाई यसको निर्माणपक्षले हटाएको छ । नेपालमा ब्लकबस्टर व्यापार गरेको यो चलचित्रको विदेशमा प्रदर्शनको तयारी भैरहेको छ ।

निर्माता मध्येका एक चन्द्रप्रसाद श्रेष्ठले केही देशमा प्रदर्शन भएपनि मौसमका कारणले अझै केही देशमा बाँकी रहेको खुलाए । उनले, स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको कोशेलीलाई पाइरेसी गरेर युट्यूबमा नराखिदिनुहुन अनुरोध गरेका छन् । पाइरेसी कसले गर्‍यो भन्ने बिषयमा अनुसन्धान भैरहेको भन्दै उनले थाहा पाउनासाथ कारवाही गरिने बताए । ‘अफिसर साइट’ नामक एक च्यानलबाट ‘कोहिनुर’लाई युट्यूबमा राखिएको थियो ।

निर्देशक आकाश अधिकारीले आफूहरुले विश्वका हरेक कुनामा चलचित्र प्रदर्शन गर्ने तयारी गरेको भन्दै यसरी पाइरेसी नगरिदिन आग्रह गरे । पाइरेसी गर्नेलाई साइबर क्राइम अन्र्तगत कारवाही गरिने  उनको भनाई छ ।

आकाशले यदि कसैले मोबाइल, ल्यापटपमा चलचित्र डाउनलोड गरेको भएपनि त्यसलाई डिलेट गरिदिन आग्रह गरे । कसैलाई श्रीकृष्णको अन्तिम निशानी भनेर डिलेट गर्न मन छैन भने पनि त्यसलाई आफैसँग मात्र राखिदिन उनले आग्रह गरे ।

नेपालमा करिब १२ करोड ग्रसको ब्यापार गरेको यो चलचित्रलाई अब अष्ट्रेलिया, मलेसिया, अमेरिका लगायतका देशमा प्रदर्शन गरिने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment