Comments Add Comment

रेखा थापा ट्विटरमा, ‘नायिका होइन युवा राजनीतिज्ञ’

rekha thapa
नायिका रेखा थापाले बल्ल ट्विटरमा एकाउन्ट खोलेकी छिन् । फेसबुकमा करिब १२ लाख लाइक पुगेपछि रेखा ट्विटरतर्फ लम्किएकी हुन् । उनलाई ट्विटरमा  एकिकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराइले फलो गरेका छन् ।

उनलाई @rekhafilms मा फलो गर्नेको संख्या ४१७ पुगेका छन् । बलिउडका कलाकार, राजनीतिज्ञ, सम्पादक लगायतलाई उनले फलो गरेकी छिन् ।

रेखाले अब आफू ट्विटरमा रमाउने बताएकी छिन् । उनले ट्विटरमा एकाउन्ट खोलेको करिब १० दिन भएको छ ।

रेखाले आफूलाई युवा राजनीतिज्ञ, सामाजिक कार्यकता, चलचित्र निर्देशक, निर्माता, कथा लेखक र नृत्य निर्देशक भनेर चिनाएकी छिन् । तर, नायिका भनेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment