Comments Add Comment

चुम्बनको कुराले अनिताले सुवाससँग काम नगर्ने

subash-and-anita
नायिका अनिता आचार्य नेपाली चलचित्र क्षेत्रमा उदाउँने तयारीमा छिन् । दोश्रो चलचित्र ‘अलबिदा’सम्म आइपुग्दा अनिताको चर्चा चलचित्र बजारमा राम्रै चलिरहेको छ । पहिलो चलचित्र ‘सरी ल’ ले व्यवसायीक रुपमा सफलता हात नपारेपछि अनिताको भाग्य चम्कन अझै समय लाग्ने देखिन्छ ।

उनै, अनिताले ‘सरी ल’का कलाकार सुवास थापासँग अब कुनै पनि चलचित्रमा काम नगर्ने बताएकी छिन् । अनिताले आक्रोशित हुँदै आफूलाई सुवासको आचरण र शैली मन नपरेको खुलाइन् ।

एक कार्यक्रममा संचारकर्मीसँग अनिताले खुलेरै भनिन्-‘मलाई सुवासको आचरण मन परेन । उहाँ चलचित्र क्षेत्रमा निक्कै चलेको कलाकार जस्तो व्यवहार देखाउनु हुँदोरहेछ ।’

सुवास र अनिताको विवाद चलचित्र ‘सरी ल’ एक दृश्यलाई लिएर भएको हो । निर्देशक ऋषि लामिछानेले दिएको स्त्रिmप्टमा कुनै पनि चुम्बनको दृश्य थिएन । अनिताले पनि यही स्त्रिmप्टमा काम गर्न राजी भएर हस्ताक्षर गरिन् । तर, पछि निर्देशक लामिछानेले अनितालाई एक चुम्बनको दृश्य त दिनुपर्छ भने । अनिताले आफूले हस्ताक्षर गरेको स्त्रिmप्टमा त्यस्तो बिषय नभएकाले नदिने बताइन् ।

अनिताले यसो भन्दै गर्दा सुवासले नयाँ कलाकार भएर, यो दृश्य दिन्छु र यो दिन्न भन्न मिल्दैन भन्दै तर्क गरे । सुवास र अनिता बिच यही बिषयमा विवाद भएको थियो । यहीबाट अनिता र सुवासको धु्रव फरक भयो । उनीहरुले एकसाथ काम त गरे, तर सम्बन्ध सुध्रिएन ।

सुवासको यही बानीका कारण आफूले उनीसँग कहिले पनि काम नगर्ने अनिताको भनाई थियो । सुवास अहिले नायक आर्यन सिग्देलका बारेमा बोलेको एक भनाईका कारण विवादमा फसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment